भारतमा हिमालय क्षेत्रका गाउँहरुमा कुञ्चा सर्न दिइने

1634

विरा दत्त भट्ट, दार्चुला ।

नेपालको ब्यास क्षेत्रमा बसोबास गर्ने शौका समुदाय जस्तै भारतका उच्च हिमालय क्षेत्रका गाउँहरुमा बसोबास गर्ने शौका समुदाय लगायत अन्य लाई भारत सरकारले कुञ्चा सर्न दिने भएको छ ।
भारतका उच्च हिमालय क्षेत्रमा रहेका गाउँहरु दरमा, ब्यास घाटी लगायतका गाउँहरुमा बस्ने शौका समुदाय मौषमी बसाइसराई लाई लिएर चिन्तीत भइरहेका बेला भारत सरकारले बसाइसराई गर्न दिने भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
कोरोना प्रभावले लकडाउन गरिएपछि पिथौरागढ जिल्लाको धार्चुला तहशिल अन्र्तगतको दरमा क्षेत्रका १४ र ब्यास क्षेत्रका ७ गाउँका मानिसहरु ६ महिना धार्चुला र ६ महिना गाउँघर बस्ने गरेपनि अहिले सम्म गाउँघर जान पाएका छैन्न । उच्च हिमालय गाउँहरुमा खेतीगर्ने सिजन भएकाले बैसाख महिना सम्म विउ छर्न नसकेमा खाद्यान्नको अभाव समेत हुन सक्ने भन्दै भारतीय शौका समुदायले गाउँघर कुञ्चा सर्नदिनुपर्ने माग गरेका थिए ।
अप्रीलको सुरुवातमा धार्चुला क्षेत्रमा गर्मी हुने भएकाले चिसोमा बस्ने घरपालुवा जनावरहरु झुपु, याक, चौरीगाई नेपाली शौका समुदायका खलंगामा र भारतीय शौका समुदायका धार्चुलामा तापक्रम बढ्न थालेपछि समस्यामा परेको स्थानियहरुले बताएका छन् ।
भारतका उच्च हिमालय गाउँहरुमा बस्ने नागरिकहरुलाई कुञ्चा सर्न दिनुपर्ने भन्दै भारतीय जनता पार्टीका अध्यक्ष कृष्षा गब्र्यालले उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाइएका थिए । मुख्यमन्त्रीले कुञ्चा सर्न दिनु भन्ने आदेश दिएपछि भारतीय उच्च हिमालय गाउँका बासिन्दाहरु गाउँघर जान पाउने भएका छन् ।
ब्यास क्षेत्रका नेपाल र भारतका शौका समुदायहरु विगतका बर्षहरुमा संग संगै बसाई सराई गर्ने शौका समुदाय मध्ये यस बर्ष नेपालीहरुलाई ब्यास पुग्न अन्यौल भएको छ । जिल्ला प्रशासन दार्चुला मार्फत नेपाल सरकारलाई कुञ्चा सर्न सहज गरिदिन नेपाली शौका समुदायले पनि माग गरेको भएपनि नेपाल सरकारले हाल सम्म कुनै सुनुवाई गरेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !