ब्यासमा खाद्यान्न अभावः ढुवानी गर्न गृहमन्त्रीलाई गाउँपालिका अध्यक्षको अनुरोध

0
753
गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी

दार्चुला, भाद्र २ गते ।
दार्चुलाको ब्यास गाउँपालिकामा खाद्यान्नको समस्या भएको छ ।

दार्चुला सदरमुकामसंग सडक सञ्जालले नजोडीएका विकट ब्यासका बस्तीहरुमा खाद्यान्नको समस्या भएकाले आपुर्तीका लागि ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले गृह मन्त्रीलाई अनुरोध गरेका छन् । नेपालको बाटो भएर दार्चुला सदरमुकाम आवत जावत गर्न एक दिन भन्दा बढी लाग्ने अवस्था र भारतको बाटो भएर सदरमुकाम आउन महाकाली नदीमाथी लगाइएका तुईनहरु हाल भारतीय पक्षले हटाएका कारण ब्यासमा खाद्यान्नको आपुर्तीमा समस्या भइरहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
गाउँपालिकालाई यातायात संग जोड्ने एक मात्रै दार्चुला तिंकर सडकको निर्माण कार्यमा ढिलासुस्तीले ब्यासका जनता महाकाली नदीमाथी जोखिमपुणै तुइन तरेर सदरमुकाम खलंगा बजारमा आउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले गृहमन्त्री वालकृष्ण खाणलाई जानकारी गराएका छन् ।
बर्षादका कारण वडा नं १, २, ३ र ४ का स्थानियहरु खलंगा बजार सम्म आउन सक्ने अवस्था नरहेको र महाकाली नदीमा तुईन लगाउन भारतीय सुरक्षा निकायले नदिएका कारण जनता र सुरक्षाकर्मीहरुलाई समेत खाद्यान्नको समस्या भइरहेको अध्यक्ष बुढाथोकीले गृह मन्त्री खाडलाई जानकारी गराएका छन् ।
ब्यासका जनताले भोगिरहेको खाद्यान्न समस्यालाई समाधानका लागि तत्काल हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न अध्यक्ष उहाँले गृह मन्त्री खाडलाई माग गरेका छन् ।
ब्यास गाउँपालिका वडा नं १ र ४ का लागि २ सय क्विन्टल चामल तथा वडा नं २ र ३ का लागि १ सय क्विनटल चामल लगायत दैनिक आवस्यक पर्ने उपभोग्य सामग्री हेलिकोप्टर मार्फत तत्काल ढुवानी गर्न उहाँले माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले खाद्यान्न ढुवानी गरिने प्रतिबद्धता व्यक्त गरेको ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनुभएको छ ।