प्रदेशको ब्यास विषेश कार्यक्रमले कालापानी पुग्ने बाटो निर्माण गरिदै

148

दार्चुला, जेठ १ गते ।
प्रदेश सरकारको ब्यास विषेश कार्यक्रम अन्र्तगत अतिक्रमित नेपाली भूमी कालापानी पुग्ने घोरेटो बाटोको निर्माण भइरहेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको तीस लाख बजेटमा छाङरु देखि कालापानी जोड्ने बाटो निर्माण तथा मर्मत भइरहेको ब्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष असोक सिह बोहराले जानकारी दिनुभयो । उक्त बजेटमा पञ्चायतकालमा बनेको बाटो मर्मत र भत्कीएका ठाउँमा नयाँ निर्माण गरि विगतको भन्दा चौडा बाटो बनाउने काम भइरहेको वडाध्यक्ष बोहराको भनाई छ । हाल सम्म ४५ प्रतिशत कार्यप्रगति भएको छ । छाङरुबाट घोरेटो बाटो निर्माण भइरहेको र बजेटले भ्याएसम्म घोरेटो बाटो निर्माण गरिने वडाध्यक्ष बोहराले बताउनु भयो । ‘त्यो बजेटले पुरै घोरेटो बाटो बनाउन सम्भव छैन, बजेटले जति भ्याउछ त्यहाँसम्म निर्माण गर्छौ’ वडाध्यक्ष बोहराले भन्नु भयो । निर्माणाधीन बाटोको शनिबार जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ । ब्याँस गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष असोश सिह बोहरा तथा छाङरु स्थित ५० नम्बर गुल्मका गुल्मपति डिएसपी धिरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले घोरेटो बाटोको अनुगमन गरेका हुन् ।
नेपाल सरकार अतिक्रमित भूमि नक्सामा समेटेसंगै सुदूरपश्चिम प्रदेश सरकारले ब्याँसमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्धघाटन पश्चात त्यस क्षेत्रमा भ्रमणका पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ब्यास क्षेत्रका लागि प्रदेश सरकारले विषेश प्याकेज ल्याउने घोषणा गरेका थिए । सशस्त्र प्रहरीको नियमित गस्ती अन्तरगत तल्लो कौवा हुदै माथिल्लो कौवा क्षेत्रसम्म गस्ती गरेको सशस्त्र डिएसपी धिरेन्द्र शाहले बताउनु भयो । ‘हाम्रो नियमित गस्ती पनि थियो, घोरेटो बाटोको अनुगमनमा पनि, वडाध्यक्ष ज्युहरुसंगै संयुक्त अनुगमन गरेका हौँ’ डिएसपी शाहले भन्नु भयो । सशस्त्र प्रहरीको गुल्म छाङरुमा स्थापना भएसंगै बेला–बेला माथिल्लो कौवासम्म पुग्ने गरेको छ । नेपाली सुरक्षाकर्मीले अतिक्रमित नेपाली भूमि वारिको बाटो भएर गस्ती गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले चाँसोका साथ हेर्ने गरेको छ । यसअघि माथिल्लो कौवासम्म गस्तीका गर्ने बेला भारतीय सुरक्षाकर्मीले पारिबाट पछ्याउने गरेको थियो ।
अब त्यो भन्दा पनि अगाडी जाने आफूहरुको तयारी रहेको सशस्त्र डिएसपी शाहको भनाई छ । ‘माथिल्लो कौवासम्म नियमित गस्ती हुदै आएको छ, अझै हामीले कालापानी नजिक क्षेत्रसम्म जाने तयारी गरिरहेका छौँ’ शाहले भन्नु भयो । भारतीय पक्षले सीमा भनेको क्षेत्रसम्म आफूहरुले गस्ती गर्न पाउने पर्ने मान्यताका साथ अघिल्लो क्षेत्रमा गस्ती गर्ने सशस्त्रको तयारी छ । भारतले सीमाना भन्दै आएको क्षेत्रसम्म पनि नेपाली सुरक्षाकर्मीहरुको गस्ती जान दिदैन । नोटिफाइड एरिया भन्दै उक्त क्षेत्रमा नेपाली नागरिकहरुलाई प्रबेश निषेध नै गरेको स्थानीयहरुको भनाई छ । बाटो अनुगमनमै गएको टोलीले तल्लो कौवा क्षेत्रमा स्थापना हुन गइरहेको सशस्त्र प्रहरीको विओपी राख्ने स्थानको पनि अवलोकन गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !