पर्खिरहेछ (कविता)

433

मनिसा बिष्ट ।

हामि मान्छे नै नगनिएका प्राणिहरुमा ,
पर्खिरहेछ एउटा सुन्दर बिहानी ,

अन्कन्टार जंगलमा उदेश्य विहिनयात्री झै
एक्लै एक्लै भौतारिरहेछ ,
एक युग पुरुषको आत्मा ,
गोर्खालि भन्दा डराउने मुलुकमा
प्राणीहरुको जीवन अन्धकार छाईरहेछ ,
यिनिहरु हिटलर , अनि यदुहि
भन्दा कम छैन्न ,
स्वतन्त्रता को खोल ओढेर
निरंकुश शासन गरिरहेछ ,
न्याय पाउने आशमा अदालतको
चक्र धाउदा धाउदा वृद्व भैरहेछ ,
एक प्रौढ ,
सत्यतथ्य छानबिन नहुदा
कयौं को ज्यान लिईरहेछ ,सरकार
देख्नेहरुले औंला तेस्याएर भने पनि ,
जिब्रो चलाउन डगमगाउदै छन
नेता ज्यु हरु ,
कोहि सत्य बोल्न साहस गरिरहेछन्न ,
तर,
सत्य बोले बापत धम्की पुरस्कार पाईरहेछ्न ,
सरकार म बिन्ती बिसाउदै भन्छु ,
यसरी तड्पिएर बाच्नु भन्दा,
एक बाल्टिन डिजेल हालेर ज्युदै
जलाईदेउ मलाई ,
बरु डिजेलको पैसा चाहिए
घरमा आमाको गहना बेचेर असुल गर्नु,
मन भित्रै थुप्रिएका छ्न्न बेदनाहरु
यहाँ ,
एक्लै सडकमा हिड्दा,
असुरक्षीत महसुस गरिरहेछ्न ,
दिदिबहिनी आमा र भाउजुहरु ,
हे मेरि नेपाल आम्मै ,
एउटा सुपुत्र पर्खिरहेछौ ,
फेरि पठाईदेउ प्रेम सिंह धामिलाई,
फेरि पठाईदेउ पृथ्वीनारायण शाहलाई ,
फेरि पठाईदेउ राम शाहलाई,
फेरि पठाईदेउ लखन थापालाई ,
फेरि पठाइदेउ एउटा सुपुत्रलाई ,
फेरि पठाईदेउ एउटा गौतम बुद्धलाई,
पर्खिरहेछ नयाँ बिहान उदयको खोजीमा ।

तपाईको प्रतिक्रिया दिनुहोस् !