नौगाडमा पहिरो खस्दा २ जनाको ज्यान गयो

0
1242

दार्चुला, असार १५ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार राती नहर भत्कीदा २ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
वडा नं ४ होपरिमा नहर भत्कीएर घरमा खस्दा स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतक चन्द्र सिह महताकी श्रीमती चनमती महतालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घरमा पहिरो खस्दा घर पुर्णरुपमा क्षतीग्रस्त भएको छ । घटनास्थलमा प्रहरी पुगेको र उद्धार कार्य भएरहेकाले थप विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।