नौगाडमा खोलाले बगाउदा एक जनाको ज्यान गयो

0
1125

कालापानी न्युज
०७ असार, दार्चुला ।
दार्चुलाको नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक जना महिलाको ज्यान गएको छ ।
नौगाड गाउँपालिका वडा नं ३ घर भएकि अन्दाजी २६ बर्षिय कमला ठगुन्नाको आइतबार विहान साढे ८ बजेतिर नौगाड खोलाले बगाउदा ज्यान गएको मृतककी आफन्त चन्द्रावती ठगुन्नाले जानकारी दिनुभयो ।
मृतक ठगुन्नाका २ छोरी रहेका छन् । मृतक ठगुन्ना साघुँ तर्ने क्रमममा साघु बाट चिप्लीएर खोलामा बगेको बताइएको छ । घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।