दुहुमा वडाध्यक्षले गरे रोजगार संयोजकमाथि हातपात

0
1022

कालापानी न्युज, दार्चुला ।

दुहूँ गाउँपालिकामा वडाध्यक्षले रोजगार संयोजकमाथि हातपात गरेका छन् । वडा नं २ का अध्यक्ष एबं गाउँपालिका प्रबत्ता गोबिन्द डडालले गाउँपालिकाका रोजगार संयोजक करनसिंह बडालमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नै हातपात गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयमा भएको विवादलाई लिएर वडा नम्बर २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता डडालले हातपात गरेको रोजगार संयोजक बडालको आरोप छ ।
आफू कर्मचारी भएकाले कसैको दबावमा भन्दा नीति र नियममा आधारित रहेर काम गर्नुपर्ने भएकाले नीति र नियम विपरित काम गर्न नसक्ने बताएपछि वडाध्यक्ष डडालले आफूमाथि हातपात गरेको उहाँको भनाई छ ।
हातपात मात्र नभई साबेल प्रहार गर्न खोजिएकाले वडाध्यक्षको मनसाय ज्यान मार्ने नै रहेको उहाँको आरोप छ ।
कार्यालयमा खटिएका कर्मचारीमाथि वडाध्यक्ष एवं प्रवक्ता जस्तो जिम्मेवार व्यक्तिले नै हात उठाउने कार्यले राष्ट्रसेवक कर्मचारीको बनोबल गिराएको उहाँको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडाबाट आएका फारामहरुमध्ये मापदण्ड पुगेकाहरुलाई छनौट गरि प्राथमिकीकरण गरेको विषयलाई वडाध्यक्षको चित्त नबुझेर आफूलाई हातपात गरेको हुन सक्ने उहाँको भनाई छ ।
‘मैले उनीहरुको मन बुझाउने ढंगले भन्दा पनि नीति र नियमका आधारमा सेवा प्रबाह गर्नुपर्ने हो, त्यसो गर्दा उहाँलाई चित्त बुझेन होला’ रोजगार संयोजक बडाले भन्नु भयो । ‘वडाध्यक्षका मन परेको मान्छे परोस् वा मन नपरेको मान्छे परोस्, मापदण्डका आधारमा काम गर्नुपर्दछ’ संयोजक बडालले भन्नु भयो । आफूलाई समस्या हुने गरि ऐन कानुन मिचेर काम नगर्ने अडान राखेपछि प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा वडाध्यक्षले रोजगार संयोजक माथि हातपात गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, हिकिला प्रहरी चौकी इन्चार्ज राजबहादुर पाली बोगटी लगायतका व्यक्तिहरु प्रत्यक्षदर्शी रहेको रोजगार संयोजक डडालले बताउनु भयो । साथै प्रत्यक्षदर्शीहरुले पनि वडाध्यक्ष डडालले कर्मचारीमाथि हात उठाएको बताएका छन् । साथै जनप्रतिनिधिको हर्कतलाई गाउँपालिकाको सिसिटीभि फुटेजहरुबाट समेत प्रष्ट हुने रोजगार संयोजक बडालको भनाई छ ।
उक्त विषयमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष गोविन्द सिंह डडालको मोबाईल फो स्वीच अफ थियो ।
गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले भने उक्त घट्नाका बारेमा विस्तृत बुझेपछि प्रतिक्रीया दिने बताएका छन् ।
गाउँपालिका अध्यक्षले प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्नुपर्ने व्यक्ति नपरेको र नपर्नुपर्ने व्यक्ति कार्यक्रममा परेपछि विवाद सिर्जना भएको बताएका छन् ।