दार्चुलामा सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

0
254

दार्चुला,पुष ४ गते ।
दार्चुलामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गरेको छ । भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको र ७ जना नेपाली माथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार प्रदर्शन गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आएका सयौँ कार्यकर्ता भारतविरोधी नारा लगाउँदै निर्माणाधीन तटबन्धनको वारि पुगेर प्रदर्शन गरेका हुन् । विप्लव कार्यकर्ताहरुले खलंगामा प्रदर्शन गरी नेपालबाट भारततर्फ ढुंगा प्रहार गर्न खोज्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल कम्युनिष्ट पार्टीका दार्चुला इन्चार्ज भरत मल्लले सशस्त्र प्रहरी र सेनासँग हतियार भएको र सीमाको रक्षा गर्न नसक्ने भए ती हतियार आफूहरुलाई दिन आग्रह गरेका छन् । यस्तै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी,र नेपाली सेनाले समातिरहेको हतियारले आफैलाई नै गिज्याँइरहेको छ भन्दै ब्यङग्य गरेका छन् । मल्लले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमसीसी र भारतको दलालको संज्ञा समेत दिएका छन् । यस्तै जय सिंह धामी,पवन महराको मृत्यु हुदा समेत नेपाली प्रशासन नेपाल सरकार भारतसामु निरीह भएको भन्दै जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए ।