दार्चुलामा थप २१ जनामा कोरोना पुष्टि

145

दार्चुला, असोज ३ गते ।
दार्चुलामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाबाट शनिबार प्राप्त नतिजा अनुसार दार्चुलामा १९ जना पुरुष र २ जना महिला गरी जम्मा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
मार्मा गाउँपालिकामा एक जना महिला सहित २० जना र महाकाली नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी कार्कीले बताउनुभयो । सबै जना कोरोना संक्रमितहरु भारतबाट फर्किएको र हाल क्वारेन्टाइनमा रहेको उहाँको भनाई छ । मार्मा गाउँपालिकाका कोरोना संक्रमितहरु गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् भने महाकाली नगरपालिकामा कोरोना पुष्टि भएका ब्यक्ति कन्या माबिको क्वारेन्टाइनमा रहेका छन ।
एकैदिन जिल्लाभरी २१ जनामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !