कालापानीको महत्व र भारतीय कुदृष्टिको राज

537

मोहन देव बिष्ट

दार्चुलाको कालापानी क्षेत्र आफैमा एक बहुआयामिक महत्त्वको क्षेत्र हो। त्यसको भरपुर फाइदा उठाउन भारतले नेपालको भूभाग लाई मिचेर आफ्नो उपभोगमा ल्याएको छ । आफ्नो सेनालाइ त्यहा स्थित तैनाथी गरेको बर्षौ भयो । सबै भन्दा पहिला यश नाकालाइ चिन सितको ब्यपारीक दृष्टिले एक अब्बल नाका को रुपमा भारतले देखेको छ । त्यसैगरी चिनबाट हुने सुरक्षा खतरा र चीन नेपाल निकट हुने उतिकै खतरा लाई भारतले नजिक बाट नियालेको छ । सुरक्षा खतरा रोक्न पनि भारतले त्यो इलाका भरपुर प्रयोग गर्ने गरि गुरुयोजना अगाडि बढाएको छ ।
भारतको अर्को महत्त्वपूर्ण पलान भनेको धार्मिक हिसाबले सबै भन्दा सहज कैलाश मानसरोबर को यात्रा गराउनु हो । यो क्षेत्र पर्यटन को लागि प्रचुर सम्भावना सहितको धार्मिक र पर्यटकीय उद्देश बोकेको युक्त इलाका लाई भारतले अतिमहत्त्वका साथमा हेरेको छ । बर्से्नि लाखौं धार्मिक पर्यटन लाई कैलास मानसरोवर को यात्रा गराएर आर्थिक लाभ उठाउन सक्ने देखेको ले पनि हाम्रो भूमिमा भारतको “कू“ दृष्टि परेको हो ।
अर्को महत्त्वको बिषय भनेको अति दुर्लभ र मुल्यवान हिमाली जडिबुटी त्यस इलाकामा पाइने भएका ले पनि त्यो क्षेत्र भारतको प्राथमिकता मा परेको छ । भारतले हाल त्यो कालापानी नाबी गुन्जी मा बिकासका सबै पुर्वाधार बनाइ रहेको देखिन्छ भारती सरकारी बैक, अस्पताल,स्कुल,सरकारी कार्यालय, सेना प्रहरी सबै त्यसक्षेत्रमा स्थापना गरि सकेको छ ।
भारतले त्यहाका प्राकृति स्रोतसाधनमा एकलौटी दोहन गर्ने पाउने गरि भूमी अतिक्रमको “झालजेल फेलपाल ठेलठाल “को नीति अबलम्बन गरेको देखिन्छ । अर्को महत्त्वपूर्ण सम्भावना पनि देखेको छ त्यो हो जलस्रोत बाट हाइड्रोपावर निकाल्ने देखि सीसाखानी, खरी ढुङ्गा, चुनढुङ्गा, नुनढुङ्गा समेत हरेको र उत्खनन गर्दा फलाम तामा समेत हुन सक्ने देखेर भारतले आफ्नो मजबुत बलियो उपस्थिति र सरकारी निकायको आधाशिला निर्माण समेत गरि रहेको छ ।
नेपाल र नेपाली हरुलाइ भारतले बर्षौदेखी हेप्दै नेपाली भूमी मिच्दै आएको ले हाम्रो नेपाली भूमी कालापानी लिपुलेक लिम्पियाधुरा लगायत का इलाका नेपाल लाई सहजै फिर्ता गरि हाल्छ र “छोडिहाल्छ“ भन्ने कुरा निकै कठिन प्रशङ्ग बनिसकेको छ । नेपालको स्थिति राजनीति उतारचढाव नेताहरुलाइ मिल्न नदिने नेपाली को आन्तरिक मामिला मा दखलअन्दाज गर्ने “कू“ दृष्टिको छिमेकी हो भारत । तर त्यो कुरालाइ हरेक नेपाली नेताहरुले बुझेर पनि आफ्नो निहित स्वार्थका लागि बुझेर पनि नबुझे जस्तो गरि आफू नेपालको शासन सत्तामा बिराजमान रहिरहने दाउ बनाएकै कारण छिमेकी को रजाइ चकिरहेको हो यहाँ ।त्यसैले आज भारतले हाम्रो माटो मा “परेड“ खेलिरहेको छ ।हाम्रो स्वाभिमानमा चोट आघात पुर्याएको छ । यति मात्रै होइन हाम्रो संविधानलाई बेला मौकामा ठाडो चुनौती दिदै हस्तक्षेपकारी कुदृष्टि सहितको आफ्नो कुटनैतिक प्रदर्सन गर्दछ भारत । नेपालका कारागार देखि सिहदरवार सम्म उस्का सिआइडि र “र“ का एजेन्ट हरु सुचना लिइरहेका हुन्छन् ।
हामी नेपाली स्वाभिमानी भनी गर्वगर्दै हिडेका हुन्छौ तर हाम्रा गोप्य सरकारी सुचनाहरु हाम्रै देशका गद्दार हरु बाट लिलाम बिक्री भैइ रहेका हुन्छ्न ।केही सुचना भारत केही योप्य सुचना युरोप अमेरीका सम्म बिक्री भएका हुन्छन । यो कुरा बुझेरै भरतले हाम्रा महत्त्वपूर्ण भूभाग र प्राकृति स्रोतसाधन माथी गिद्दे दृष्टिले हेर्ने गर्छ । जसरी भए पनि नेपाल को बिकास, स्थाइत्व,शान्ति, समृद्धि र स्वतन्त्रतापुर्ण ब्यापार चाहादैन भारत । यी सबैको कारण नेताहरुले आफ्नो कुर्सी बचाउन भारतको सस्तो अफरलाइ स्विकार्नु हो । जसलाइ नेपाली जनताले बिश्वास गर्छ्न उहीँ देशको गद्दार भएर उभिन्छ अहिलेसम्म को इतिहासमा
त्यसैले कालापानी लिपुलेक लिम्पियाधुरा समस्या समाधान नेपाली जनमानसका लागि फलामे चिउरा साबित हुने पक्का छ । तर असम्भव भन्ने चाहिँ होइन हाम्रो भूमी फिर्तापाउन भारत चिन नेपाल को गम्भीर छलफल बहस हुन आवश्यक छ । जसरी यहाँ कुर्सिका लागि अडान लिन सक्ने हरुले हाम्रो मिचिएको अति महत्त्वपूर्ण एरिया फिर्ता गराउन सगरमाथा जस्तै अटल अब्बल अडिक भएर दुई छिमेकी देशका सरकार शीत कुरा राख्न सक्नु पर्छ झुकेर होइन शिर ठाडो बनाएर राष्ट्रियताको सबालमा कहि कतै बिचलित नभैइ उभिन सके मात्रै यो मिचिएको भूमी फिर्ता हुने देखिन्छ ।
सत्ताको सौदाबाजी र आफ्नो ब्यक्तिगत स्वार्थपुरा गर्न तिर हाम्रो सरकारको ध्यान गए अहिले गाह्रो छ । त्यसैले अब नेपाली युवाहरुले पहलकद्मी लिन आवश्यक देखिन्छ । आफ्नो मातृभूमि लाई कसैले “कू“ दृष्टिले नहेरोस भन्न्लाइ राष्ट्रबादी युवा एक जुटभएर आन्तरिक मामिला र बाहिरी हस्तक्षेपका विरुद्धमा लडन तयार रहन आवश्यक देखिन्छ आजको पुस्ताको काधमा त्यो जिम्मेवारी इतिहासले सुम्पेको छ यस्लाइ अहिलेको पुस्ताले अवसर ठान्नु पर्छ ।
त्यसैले अहिले को हाम्रो पुस्ता पनि कुन कित्तामा दर्ज हुने हो भन्ने कुरा अतिमहत्वपुर्ण छ । आजको पुस्ताले पनि मिचिएका भूमी फिर्ताको आवाज उठान नसके अब आउने नया कुनै पुस्ताले पनि हाम्रो मिचिएको भूमी फिर्ता ल्याउन क्रान्ति गर्ने छन भन्ने बिश्वास लाग्दैन । एकातिर भारती बिस्तारबाद ले निकै जरागाडी सकेको हुनेछ । अर्को कुरा अबको पुस्ता भूमि फिर्ताको चक्करमा पर्ने देखिन्न ।““ १४ बर्ष जेल परेका अनि बर्ष युद्ध गरेका जिन्दगीभर दुख कष्ट जीवन बिताएका हरुको त यो हालत छ““ बिस्तारबाद भारतले गलाएको छ। प्रलोभन मा पार्न सफल भएको छ । भने अब आउने पुस्ताले दुख कष्ट को महसुस मात्र गर्ने छन ।
तर स्वयं दुख गर्ने छैनन् कान्ति गर्ने छैन्नन । अबका पुस्ता बिकाउ बिलासिता युक्त जिवन शौली का पुस्ता हुने छन। त्यसैले आजको हाम्रो पुस्ताको काधमा भारती बिस्तारबाद शीत भएका ज्ञढछण् का सबै खाले असमान सन्धि सम्झौता खारेज गरी मिचेको भूमी फिर्ताको अन्तिम लडाइ लड्नै पर्ने भएको छ । आजको आवश्यकता इतिहास ले सुम्पेको जिम्मेवारी ठानेर सबै देशभक्त स्वाभिमान नेपाली एक जुट भए हामी भारत को हेपाहा मिचाहा प्रवृत्तिको अन्त्य गर्न सक्छौ र नेपाली इतिहासमा उच्च सचेत कान्तिकारी पुस्ताको कित्तामा दर्ज हुनसक्छौ ।
“जय स्वाभिमान जय राष्ट्र नेपाल ”

तपाईको प्रतिक्रिया दिनुहोस् !