आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी तालिम 

120

दार्चुला, जेठ ७ गते ।  

दार्चुला सदरमुकाम खलंगामा रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालयले दार्चुला सदरमुकाम खलंगामा शनिबार अभिकर्ता पुनर्ताजगी तालिम गरेको छ ।

दार्चुलामा स्थापना भएको छोटो समयमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शाखाले बिमाको क्षेत्रमा राम्रो कारोबार गरिरहेको छ । शाखा प्रमुख इन्द्र सिह ठगुन्नाको अध्यक्षतामा गरिएको कार्यक्रममा कम्पनीका सुदूरपश्चिम शाखा प्रमुख सुमन प्रसाद तिमिल्सेना प्रमुख अतिथि रहनुभएको थियो भने कम्पनीका सुदुरपश्चिम प्रदेश पहाडी एरियाका प्रमुख हुकुम बहादुर डागी र दार्चुला उद्योग वाणिज्य संघ दार्चुला शाखाका पुर्व अध्यक्ष मंगल सिह ठगुन्ना विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा अभिकर्ताहरूलाई कम्पनीको विभिन्न विमा योजनाका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा गत आर्थिक बर्ष र यस आर्थिक वर्षमा कम्पनीको कारोबारमा योगदान गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको छ । एएम नरेन्द्र सिह बडालले सञ्चालन गरेको कार्यक्रममा सुदुरपश्चिम शाखा प्रमुख सुमन तिमल्सेना तथा सुदुरपश्चिम प्रदेश पहाडी एरियाका प्रमुख हुकुम बहादुर डागीले अभिकर्ताहरुलाई तालिम दिएका थिए । कार्यक्रममा २५ जना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।  

तपाईको प्रतिक्रिया दिनुहोस् !