सिमाक्षेत्रको सञ्चार सुविधामा भारत भन्दा नेपाल अगाडि

1071
फाईल फोटोः छाङरु क्षेत्र

दार्चुला, असार १५ गते ।

चीन र नेपालको सिमाना संग जोडीने भारतका सिमावर्ती गाउँहरुमा सञ्चार सुविधा स्थानियहरुका लागी सपना जस्तै बनेको छ । भारतका सिमा क्षेत्रका गाउँहरुमा फोन सुविधा समेत नभएको अवस्थामा नेपालको सिमावर्ती गाउँ छाङरुमा भने नेपाल सरकारले वाईफाई इन्टरनेटको समेत सुविधा पुगाएको छ ।

त्रिदेशीय सिमा क्षेत्रका गाउँहरु छाङरु र तिंकरमा नेपाल सरकारले ५ बर्ष अघि नै स्काई फोन पुगाएको थियो भने हाल छाङरु गाउँमा फ्रि वाईफाई पुगाएको छ । नेपाल सिमावर्ती गाउँका मानिसहरु गाउँबाहिर रहेका आफ्न्तहरु संग भिडियोकल गरिहेका बेला भारतका सिमावर्ती क्षेत्रका गाउँहरुका मानिसहरु भारतीय फोन सेवा नहुदाँ नेपाली सिमाकार्य प्रयोग गरि फोन सम्पर्क गरिरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

नेपालको सिमा क्षेत्रका नागरिकहरु भिडियोकल समेत गरिरहेको अवस्थामा भारत सरकारले फोनको सुविधा समेत नपुगाएको भन्दै भारतीय नागरिकहरुले गुनासो गरेका छन् ।भारतले सिमाक्षेत्रका गाउँहरुमा इन्टरनेट पुगाउन नसक्दा एन्ड्रोइड मोबाइयलहरु गम खेल्न मात्रै काम लागेको भारतको सिमा क्षेत्रका बासिन्दा कुवरसिह कुटियालले भनेका छन् ।



नेपालको सिमकार्ड मोबाइयलमा राखेर भारतको त्रिदेशीय सिमा क्षेत्रका गाउँहरु बुदि, गरब्याङ, नपल्च्युका नागरिकहरु आफ्न्तहरु संग सम्पर्क गरिरहेका छन् । चीन र नेपाल सिमा क्षेत्रका गाउँहरुमा सरकारले सञ्चार सुविधा नपुगाउन सकेको प्रति पागला गाउँका स्थानिय होसियार सिह धामीले गुनासो गरेका छन् ।

आपतकालीन अवस्थामा भारतको सिमा क्षेत्रका नागरिकहरुले नेपाली सञ्चारबाट लाभ उठाइरहेको भारतीय पत्रकार शालु दुताले अमर उजालामा समाचार लेखेका छन् । नेपाली भुमी अतिक्रमण गरेर गुञ्जी क्षेत्रमा बसेका भारतीय आर्मी र आइटिविपीले पनि नेपाली फोनको नै प्रयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !