काङ्ग्रेसबाट जितेका स्थानियतह हरुलाई पार्टीबाट बजेट ल्याएर विकास गर्न मन्त्री ठगुन्नाको चुनौती

953

बिरा दत्त भट्ट
दार्चुला , पुस २७ गते । नेपाली काङ्ग्रेसबाट निर्वाचन जितेका स्थानिय तहका जनप्रतिनिधी हरुलाई काङ्ग्रेसको पार्टी कार्यालयबाट बजेट ल्याएर विकास गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेस सिह ठगुन्नाले चुनौती दिएका छन् । दार्चुला जिल्ला सदरमुकाम खलंगामा नेपाल कम्युनिष्ट पार्टी नेकपा ( ओली पक्ष) द्धारा सोमबार आयोजित अगुवा कार्यकर्ता सभामा बोल्दै मन्त्री ठगुन्नाले उक्त चुनौती दिएका हुन् । संघीयताको सिद्धान्त अनुसार नेकपाको केन्द्र र प्रदेश सरकारले समानुपातीक रुपमा स्थानिय तहहरुमा बजेट विनियोजन गर्ने भएपनि नेपाली काङ्ग्रेसबाट चुनाव जितेका स्थानिय तहहरुमा बजेटको काङग्रेसीकरण भएको मन्त्री ठगुन्नाले आरोप लगाउनुभयो ।
“स्थानिय तहहरुमा नेपाल सरकारले बजेट दिने अनि स्थानिय तहहरुमा काङ्ग्रेसका कार्यकर्ताहरु यो त हाम्रो बजेट हो भनेर पार्टीका मान्छेलाई वितरण गर्ने ? यदि नेपाली काङ्ग्रेसका साथीहरुले काङ्ग्रेसकै बजेट भन्ने हो भने त्यो बजेट नेपाल सरकार संग माग्नु भएन काङ्ग्रेसको केद्रिय कार्यालयबाट ल्याएर वितरण गर्नुपर्यो” मन्त्री ठगुन्नाले भन्नुभयो । बजेट आम जनताले तिरेको करबाट आउने भएकाले त्यसमा राजनितिक आस्थामा आधारमा भेदभाव गर्नु गलत रहेको उहाँको भनाई छ ।
अर्का प्रसंगमा बोल्दै मन्त्री ठगुन्नाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपा मुलधारको पार्टी रहेको दाबी गर्नुभयो । नेपालमा राजनितिक आन्दोलन नभई विकास र समृद्धिको आन्दोलन आवस्यक रहेको मन्त्री ठगुन्नाको भनाई छ ।
“अबको आन्दोलन विकास र समृद्धिको आन्दोलन हो, देशको मिचीएको भुमी फिर्ता लिनुपर्ने आन्दोलन हो, अबको राजतिनीक अभियान गुट र फुटमा लाग्ने नभई नेपालमा रोगारीको सिर्जना गरि बेराजगारीको अन्त्य गर्नु हो ” मन्त्री ठगुन्नाले भन्नुभयो ।

स्थानिय तहको निर्वाचनमा काङ्ग्रेसलाई पराजित गर्नु मुख्य मुद्दा

कम्युनिष्ट पार्टीको आन्दोलन भित्रको नभई नेपाली काङ्ग्रेस संगको राजनितिक लडाई रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेस सिह ठगुन्नाको भनाई छ । नेपाली काङ्गेसले जितेका स्थानिय तहहरुमा कम्युनिष्ट समर्थक र मतदाताहरुलाई विकास रोजगारी लगायतका क्षेत्रमा पक्षपात गर्दै दमन भइरहेको मन्त्री ठगुन्नाले आरोप लगाउनु भयो । “हाम्रो मुख्य चुनौती भनेको आगामी स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई पराजित गर्नु हो , यो मुल मुद्धामा हामीले एकताबद्ध भएर अघि बढ्नुपर्छ, स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकालाई जिताउन मेरो सम्पुर्ण राजनिति दाउमा लगाउने छु” मन्त्री ठगुन्नाले भन्नुभयो । स्थानिय तहबाट नेपाल सरकारले सम्पुर्ण विकास निर्माणका कामहरु गर्नुपर्ने तर स्थानिय तहमा आएको बजेट काङ्ग्रेसबाट जितेका जनप्रतिनिधीहरुले आफ्नो पार्टीले दिएको बजेट झै आफ्ना कार्यकर्ताहरुलाई वितरण गर्ने गरेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !