६० जना भन्दा बढि नेपाली धारचुलामा अलपत्र

1871

दार्चला, चैत्र १३ गते ।

नेपाल र भारतमा लकडाउन घोषणा गरिदा ४० भन्दा बढि नेपाली भारतीय सिमावर्ती बजार धारचुलामा अलपत्र परेका छन् ।
दैनिक ज्याला मजदुरी तथा कुल्ली गरेर घर फर्किन लागेका नेपाली कामदारहरुको भारतीय पक्षले बसोबास लागी ठाउँ नदिदा र नेपाली पक्षले पुल खोली आफ्नो देशमा ल्याउन नसक्दा कोही ओडार त कोही महाकाली नदि किनारमा बसेर रात दिन विताउन बाध्य छन् ।
लकडाउनले गर्दा भारतको कालिका क्षेत्रको ओडारमा बस्नु परेको नौगाड गाउँपालिकाका नेपाली देव सिँह ठगुन्नाले बताउनु भयो । ‘केही दिनदेखि काम बन्द भएको छ, नयाँ वर्षका लागि घर फर्किने तयारी थियौँ, ओडारको बास भएको छ’ ठगुन्नाले भन्नु भने ।
भारतमा समेत लकडाउनको घोषणा गरिएकाले होटेल तथा रेष्टुरेन्टहरु बन्द भएकाले बास पाउन समस्या भएपछि ओडारमा बस्नु परेको उहाँको भनाई छ ।
दार्चुलाको नौगाड गाउँपालिका, मार्मा गाउँपालिकाका र अन्य जिल्लाका गरि ६० जना नेपाली कामदारहरु धारचुला क्षेत्रमा अलपत्र परेको उहाँले बताए ।
बुधबार बिहानै ५ जना नेपाली कामदार पुलघाँट सीमा नाकामा पुगेका थिए भने दिउँसो थप भएर २० जना नेपाली कामदारहरु पुल नजिक भारततिरको महाकाली नदी किनारमा बसिरहेका छन् ।
होटेलहरुमा बास नपाएपछि ओडारमा बसेको नेपाली कामदारहरुले भारतीय बजारमा खाद्यन्न समेत पाइरहेका छैनन् ।
बाहिरका नागरिकलाई खाद्य सामग्री नदिने भनेर व्यापारीहरुले खाद्य सामग्री नदिने गरेको देवसिँह ठगुन्नाको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !