४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा अनेरास्ववियूद्धारा बृक्षारोपण

840

साउन ०७ गते, दार्चुला ।
कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( अनेरास्ववियू ) दार्चुलाले बृक्षारोपण गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण गरिएको अनेरास्ववियू दार्चुलाका अध्यक्ष आनसिंह बडालले बताउनु भयो । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडको दशरथनगर सामुदायिक वन क्षेत्रमा अनेरास्ववियूले बृक्षारोपण गरेको छ । डिभिजन वन कार्यालय दार्चुलाले बृक्षारोपणका लागी बोट विरुवाहरु उपलब्ध गराएको हो ।
बृक्षारोपण कार्यक्रममा अनेरास्ववियू केन्द्रिय कमिटि खेमराज जोशी, जिल्ला अध्यक्ष आनसिंह बडाल, वन उपभोक्ता समिति उपाध्यक्ष कम्मान सिंह ठगुन्ना लगायतका सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !