४० दिनपछि खुले मदिरा पसलः एकै दिन ३० लाखको कारोबार

0
1696

भारतको पिथौरागढमा ४० दिनपछि खुलेको मदिराको कारोबार एकैदिन ३० लाख बराबरको भएको छ । सोमबार खुलेका मदिरा पसलहरुमा मानिसहरु मदिरा लिनका लागी झोला, थैली लिएर लाइन लागेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
मदिरा पसल खुल्ने सूचनाले मानिसहरु पसल खुल्नु भन्दा एक घण्टा अघि देखीनै लाइनमा लागेका थिए । प्रहरीले भिड नियन्त्रण गर्नका लागी लाठी चार्ज गरेपनि मदिरा लिन लागेको मानिसहरुको भिड घटेको थिएन ।
पिथौरागढ जिल्ला भरि एकै दिन ३० लाख बराबरको मदिराको कारोबार भएको अनुमान गरिएको छ ।
में ४ तारेख बाट बन्द गरिएका मदिरा पसलहरु झण्डै ४० दिनपछि खोल्न भारत सरकारले अनुमती दिएको थियो ।