१ सय ८३ गणक र ४९ जना सुपरिवेक्षक दार्चुलामा घर–घरमा पुगेर जनगणना गर्दै

0
574

दार्चुला, कार्तिक २५ गते ।
राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु भएको छ । दार्चुलामा जनगणनाका लागि १ सय ८३ जना गणक र ४९ जना सुरपरिवेक्षक फिल्डमा खटाइएको जिल्ला जनणना कार्यालय दार्चुलाले जनाएको छ ।

आजबाट मंसिर ८ गते सम्म हुने राष्ट्रिय जनगणनाका लागि गणकहरुलाई आवस्यक तालिमदिई गणना सामग्री सहित फिल्डमा खटाएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिनुभयो । जनगणनाका लागि ब्यास गाउँपालिकामा १३ जना, दुहुँ गाउँपालिकामा १३ जना, महाकाली नगरपालिकामा ३८ जना, नौगाड गाउँपालिकामा १९ जना, अपीहिमाल गाउँपालिकामा ९ जना, मार्मा गाउँपालिकामा १९ जना, शैल्यशिखर नगरपालिकामा ३१ जना, मालिकार्जुन गाउँपालिकामा २० जना तथा लेकम गाउँपालिकामा २० जना गणक खटिएका छन् । गणकले घर–घरमा पुगेर ३७ वटा ब्यक्तिगत तथा १६ वटा पारिवारिक प्रश्नहरुको जवाफ संकलन गर्नेछन् ।