१० मेगावाटको मकरीगाड हाइड्रोपावरको विधुत बलाँचमा जोडियो

0
278

दार्चुला,माघ १२ गते ।
दार्चुलाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडमा निर्माण भएको मकरीगाड हाइड्रोपावरको विधुत बलाँचमा जोडिएको छ । मकरी गाड हाईड्रोपावर प्रलिद्धारा प्रवद्धित मकरी गाड आयोजनाबाट उत्पादित १० मेघावाटको विद्युत २७ किलोमिटर लामो ३३ केभी प्रशारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच स्थित १३२ केभी सवस्टेशन मार्फत् राष्ट्रिय प्रसारण लाईनमा जोडिने आयोजनाले जनाएको छ । गाउँपालिकाको सम्बृद्धिसँग जोडिएको विद्युत निर्माणले अपिहिमालमा विकास निर्माणका कार्यहरु गर्न सहज हुने छ । निर्माण सम्पन्न भई शैल्यशिखर नगरपालिका वडा नम्वर १ को बलाँच देखि अपि हिमाल गाउँपालिका वडा नम्वर ५ मकरी गाड विधुत गृह सम्म शुक्रबार बिहान देखी लाइन चार्ज गरिने आयोजनाले जनाएको छ । विधुत लाईनमा करेन्ट प्रवाह हुने भए पछि आयोजनाले विधुत चार्ज हुने समयमा विधुतको पोल,तार तथा स्टे नछोइदिन सुचना सार्वजनिक गर्दै सर्वसाधारण सबैलाई सचेत रहन आग्रह गरेको छ ।