होटेलको शौचालयमा प्रहरी नायव निरिक्षक रावल मृत फेला

811
सांकेतिक तस्बीर

दार्चुला, असोज ९ गते ।

दार्चुलामा एक जना प्रहरी नायव निरिक्षक होटेलमा मृत फेला परेका छन् । नौगाड गाउँपालिकाको दल्लेख प्रहरी चौकीमा कार्यरत र हाल हुती प्रहरी चौकीमा सरुवा भएका प्रहरी नायव निरिक्षक धुर्ब रावल दार्चुला सदरमुकामको एउटा होटेलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सई रावल बंगाबगडको जयदुर्गा भवानी होटेलको शौचालयमा लडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले जानकारी दिनुभयो । शुक्रबार विहान होटेल मालिकले प्रहरीलाई खबर गरेपछि जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अछाम घर भएका मृतकका दुई छोरा र एक श्रीमती धनगढीमा छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !