हुनैनाथ पूर्ण खोपयुक्त वडा घोषित ।

0
2417

मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथलाई आज पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।
जेष्ठ वडा सदस्य सुरेन्द्रसिह धामीको अध्यक्षतामा बसेको वडा खोप समन्वय समितिको बैठकले वडालाई पूर्ण खोपयुक्त घोषणा गरेको हो ।
जन्मदेखि १५ महिना र १६ महिनादेखि २३ महिनासम्मका सबै शिशु तथा बालबालिकाहरुलाई सबै किसिमका खोपहरु दिइएपछि वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको स्वास्थ्य चौकी हुनैनाथका इन्चार्ज राजिब धामीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य चौकीले जन्मदेखि १५ महिनासम्मका ४२ जनालाई बिसिजी, डिपिटीहेपबी र दादुराका खोपहरु दिएको छ । त्यसैगरी १२ महिनामा दिइने जेइ खोपसमेत गरी सबै प्रकारका खोपहरु दिइएको स्वास्थ्य चौकी इन्चार्ज धामीले बताए । त्यसैगरी १६ देखि २३ महिनासम्मका २६ जनालाई पनि खोप पूरा भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here