हिमाली क्षेत्रमा चामल अभाव हुन थालेपछि कोटा थपियो

645

दार्चुला, जेठ ३ गते ।
दार्चुलाको अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा खाद्यान्न अभाव हुन थालेपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले कोटा थप गरेको छ ।

कोरोना महामारीले बजारहरु तथा यातायातका साधन बन्द रहेका बेला खाद्यान्न अभाव हुन थालेपछि ब्यासका स्थानियहरुलाई चामल पाउन सकस भइरहेको थियो । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले ब्याँसको सुन्सेरा डिपो र राप्ला विरतण केन्द्र तथा अपिहिमालको खण्डेश्वरी डिपोका लागि तीन हजार खाद्यान्न कोटा थप गरेको छ । निषेधाज्ञामा खाद्यान्न अभाव हुन सक्ने परिस्थितिलाई मध्यनजर गरी खाद्या व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाण्डौले दार्चुलाका लागि तीन हजार क्वीन्टल खाद्यान्न कोटा थप गरिएको जनाएको छ । सुन्सेरा डिपोका लागि एक हजार र राप्ला डिपोका लागि ५ सय क्वीन्टल खाद्यान्न कोटा थप गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड निमित्त विभागीय प्रमुख भीम बहादुर थापाले जानकारी दिनुभयो । यस्तै अपिहिमालको खण्डेश्वरी डिपोका लागि १५ सय क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । माग अनुसार अपिहिमाल र ब्याँस गाउँपालिकाका लागि खाद्यान्न कोटा थप गरिएकाले दुर्गम स्थानलाई प्राथमिकतामा राखेर शिघ्र खाद्यान्न ढुवानी गराई प्रगति विवरण विभागलाई जानकारी गराउने निर्देशन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बैशाख १३ गते र ब्याँस गाउँपालिकाले बैशाख १४ गते खाद्यान्न थप गर्न माग गरेको थियो । खाद्य अभावका विषयमा कालापानी न्युज डटकमले ब्यासबासिलाई चामलकै सकस शिर्षकमा समाचार कभरेज समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !