हिमपातले गुञ्जी र कुटी जोड्ने सडक अवरुद्ध

0
834
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, बैशाख २६ गते ।
हिमपातले भारतले अतिक्रमण गरेको नेपाली भूमी गुञ्जी र कुटी जोड्ने सडक अवरुद्ध बनेको छ ।

बैशाखमा उच्च हिमाली क्षेत्रमा लगातार भइरहेको हिमपातले गुञ्जी देखि कुटी सम्मको १० किलोमिटर सडक बन्द भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । कुटीका स्थानिय हरिस कुटियालले हिमपातका कारण सडक बन्द भएकाले कुञ्चा सर्न तथा आवत जावतमा समस्या भइरहेकोले सडक खोल्न भारतीय सीमा संगठन बिआरोलाई अनुरोध गरेका छन् । बिआरओले भारतको बुदी क्षेत्रमा अवरुद्ध रहेको सडक भने सुचारु गरेको छ । ब्यास क्षेत्रका नागरिकहरुको बसाई सराईलाई लक्षित गरि बिआरओले तिब्र रुपमा बुदी देखि छियालेक क्षेत्रमा अवरुद्ध रहेको सडक सुचारु गरेको छ । बुुदी देखि छियालेक सम्मको क्षेत्रमा झण्डै २५ मोडहरु रहेका छन् । मोडहरुमा बेला बेला सडक अवरुद्ध हुने गरेको छ । सडक सुधार भएपछि स्थानियहरुलाई यातायातका साधनहरुको प्रयोग गरि कुञ्जा सर्न सहज भएको छ । सडक खुलेपनि आवत जावत भइरहेको नावि गाउँका प्रधान सनम देबीले बताउनुभएको छ ।