महाकाली नगरपालिका प्रमुख भट्टले गरे क्वारेन्टाइनहरुको अनुगमन

909
फाइल फोटोः महाकाली नगरपालिकाको धाप स्थित क्वारेन्टाइनको अनुगमन गर्दै नगर प्रमुख हंश राज भट्ट

बिरा दत्त भट्ट, दार्चुला ।

महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टले क्वारेन्टाइनहरुको अनुगमन गरेका छन् । सञ्चार माध्ययममा क्वारेन्टाइनको ब्यवस्थापन राम्रो नभएको गुनासोे आएपछि ब्यवस्थापन बारे बुझ्न क्वारेन्टाइनमा पुगेका हुन् ।
अनुगमनका क्रममा क्वारेन्टाइनमा बसेकाहरुले महाकाली नगरपालिकाले क्वारेन्टाइनमा खाना र बस्नको राम्रो ब्यवस्थापन गरेको बताएका छन्।
सञ्चारमाध्ययम आएको जस्तो नराम्रो ब्यवस्थापन छैन, खाना र बस्नको राम्रो ब्यवस्थापन छ , महाकाली नगरपालिका वडा नं ९ दत्तुका स्थानिय नरेन्द्र साउदले भने ।
नगरप्रमुख हंशराज भट्टले नगरपालिकाले ब्यवस्थापन गरेको दार्चुला बहुमुखी क्याम्पसको क्वारेन्टाइन, महेन्द्र नमुना मावि खलंगाको क्वारेन्टन, एसियन एकेडमीको क्वारेन्टाइन, छन्ना तिंकरी कन्या माविको क्वारेन्टाइन र मावि धापको क्वारेन्टाइनको अनुगमन गरेका हुन् ।
हाल नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइनहरु मालिकार्जुन मावि धापमा ५१ जना, महेन्द्र नमुना माविमा २७ जना, दार्चुला बहुमुखी क्याम्पसमा २२ जना, छन्ना तिंकरी कन्यामाविमा २७ जना र एसियन एकेडेमी स्कुलको क्वारेन्टीनमा १९ जना गरेर जम्मा १ सय ४६ जना रहेका छन् ।
क्वारेन्टाइनमा रहेका ४८ जनाको पिसिआर परिक्षणका लागी धनगढी प्रयोगशाला पठाइएको भएपनि ६ जनाको रिर्पाेट आउन अझै बाकि रहेको नगरपालिका प्रमुख हंश राज भट्टले जानकारी दिएका छन् ।
क्वारेन्टाइनमा रहेका बाकि जनाहरुको पिसिआर परिक्षण गर्न सकिएको छैन ।
समयमै आफ्नो स्वास्थ्य अवस्था बारे सरकारले जानकारी समेत दिन नसकेको महाकाली नगरपालिका वडा नं ८ का स्थानिय देब दत्त भट्टको भनाई छ ।
क्वारेन्टाइनमा रहेका सबैको पिसिआर परिक्षण गरि कोरोना भए आइसोलेसनमा राख्न र निरोगी घर पठाउन महाकाली नगरपालिका वडा नं २ का स्थानिय दिलिप सिह महराको माग छ ।
क्वारेन्टाइनमा बसेको १८ दिन भन्दा बढि भयो, मजदुरी गरेर घरपरिवार पाल्ने मान्छे म त क्वारेन्टाइनमा खाना पाइरहेको छु मेरो घरमा बालबालीकालाई खानाको ब्यवस्थापन कसरी गर्ने उनको भनाई छ ।
बेरोजगार भएकाले आफु क्वारेन्टाइनमा रहुन्जेल घर परिवारका लागी नगरपालिकाले खानाको ब्यवथापन गरिदिनुपर्ने उहाँको माग छ ।
धापको क्वारेनटाइनमा रहेका महेन्द्र सिह भण्डारीले ओड्ने कम्वलको ब्यवस्थापन नभएको गुनासो गरेका छन् । ओछ्याउनका लागी छाला जस्तो एउटा दिएको भएपनि ओड्ने कम्बल नभएको उहाँको भनाई छ ।
भारतको रोजगारी गुमाएर २ महिना उतै बस्दा पैसा खर्च भएको र ऋणमा यतायात खर्चले यता समम पुगेको स्थानिय निकेश विष्टको भनाई छ ।
एक तिर बेरोजगारी र अर्काेतिर ऋणले समस्यामा परिएकाले सरकारले राहतको ब्यवस्थापन गर्नुपर्ने उनको माग छ ।
राहत वितरणका लागी छलफल गरेर आफुले ब्यवस्थापन गर्ने नगरप्रमुख हंशराज भट्टले आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !