हाइभाेल्टेजले आधा दर्जन कम्प्युटरमा क्षति

2315

दार्चुला, फागुन २१ गते ।
साेमवार विहान सदरमुकाम खलंगामा विद्युुत लाइनकाेे हाइभाेल्टेजले आधा दर्जन कम्प्युटरमा क्षति पुगेकाे छ । विहान पाैने ९ बजेतिर विद्युुत लाइनमा हाइभाेल्टेज आउदा महेन्द्र मावि खलंगा र काेष तथा लेखा नियन्त्रक कार्यालयका कम्प्युटरमा क्षति पुगेकाे हाे ।
हाइभाेल्टेजले ३ कम्प्युटर र एउटा फाेटाेकपि मेसिन विग्रिएकाे मावि खलंगाका प्रधानाध्यापक रामदत्त जाेशीले बताउनुभयो । काेलेनिकामा २ कम्प्युटर, ५ सिएफएल वलफ, २ इलेक्ट्रिक केतली र सर्भरकाे एडप्टर बिग्रिएकाे सुचना अधिकारी इन्द्रसिह धामीले बताउनुभयो ।
साेमवार विहान खलंगाकाे माेहती क्षेत्रमा लाेड बढी भएपछि विद्युुत लाइन काटिएकाे विद्युुतका एक कर्मचारीले बताउनुभयो । विहान ११ बजेपछि माेहति क्षेत्रमा लाइन छाेडिएकाे थियाे ।
माेहती क्षेत्रमा विद्युुत लाइन काटिएको समयमै काेलेनिका र मावि खलंगाका उपकरणमा क्षति पुगेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !