हाइजम्पमा नौगाड गाउँपालिकाले पहिलो स्वर्ण

373

दार्चुला,फागुन १६ गते ।
छात्रा तर्फ हाइजम्पमा नौगाड गाउँपालिकाले पहिलो स्वर्ण पदक प्राप्त गरेको छ । सोमबार भएको अन्तीम खेलमा पे्रमा ठगुन्नाले प्रथम स्थान हासिल गर्दै नौगाड गाउँपालिकालाई पहिलोस्वर्ण दिलाइन् । दितिय मार्मा गाउँपालिकाकी पुर्णिमा महरा भएका छन् । उनले गाउँपालिकालाइ रजत पदक दिलाइन् । तृतिय स्थान पनि मार्मा गाउँपालिकाकै हर्सना ठगुन्ना भइन् । उनले मार्मालाई कास्य पदिक दिलाइन् । त्यस्तै छात्रातर्फको लमजम्पमा महाकाली नगरपालिकाकी लक्ष्मी भट्टले ३ मिटर ९३ सेन्टिमिटर पार गर्दै प्रथम स्थान हात पारेको छ भने मार्मा गाउँपालिकाकी मिना महताले ३ मिटर ८३ सेन्टिमिटर पार गर्दै द्धितिय हुनुभएको छ । लमजम्पमा महाकाली नगरपालिकाकै दुर्गा महराले ३ मिटर ७६ सेन्टिमिटर पार गर्दै तृतिय हुनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !