हरेक जिल्लामा गठबन्धन बलियो बनाइनेछः इन्चार्ज भट्ट 

0
494

दार्चुला, चैत्र १९ गते । 
आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बलियो बनाइने नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले बताउनुभएको छ । शनिबार प्रेस सेन्टर दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यो गठबन्धन प्रतिगमनकारी शक्तिका विरुद्ध माओवादी पार्टीकै अग्रसरतामा बनेको भएकाले यसलाई बलियो बनाउने माओवादीको दायित्व भएको उहाँको भनाई छ । नेपाली काङ्ग्रेस सँग आवश्यकता र औचित्यका आधारमा निर्वाचनमा गठबन्धन हुने इन्चार्ज भट्टले बताउनुभयो । गठबन्धनका सन्दर्भमा काङ्ग्रेस पार्टी भित्र विभिन्न धुब्र भएपनि संस्थागत र नेतृत्वको धारणा गठबन्धन पक्षधर रहेकाले निर्वाचनमा संगै जाने उहाको भनाई छ । साथै नेकपा एमाले संग चुनावमा तालमेल नुहुने बताउनुभयो । देशैभरि काङ्ग्रेस र गठबन्धनका पार्टीहरु बिच निर्वाचनमा तालमेल हुने उहाँको भनाई छ । साथै एमाले संग अपवादका रुपमा तालमेल हुन सक्ने सम्भावनालाई भने नकार्नु भएन । फरक प्रसङ्गमा बोल्दै इन्चार्ज भट्टले माओवादीलाई २०७० सालको आखाँबाट नहेर्न आग्रह गर्नुभयो । यस निर्वाचनमा माओवादीको २०६४ सालको मत नयाँ सिराबाट स्थापित हुने उहाँको भनाई छ ।  साथै माओवादी पार्टी गुटको मोर्चाहरुले गर्दा विगतको भन्दा कमजोर बनेको र यसलाई समिक्षा गरिनुपर्ने बताउनुभयो । बाबुराम र बैद्यले प्रचण्डको तालु खुइल्याएको प्रदेश इन्चार्ज भट्टको भनाई छ ।