हत्या गरेको आरोपमा एक जना पक्राउ

0
840

दार्चुला, कार्तिक १६ गते ।  दार्चुलाको लेकम गाउँपालिकामा हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक जनाको हत्या गरि फरार रहेको आरोपमा प्रहरीले लेकम गाउँपालिका वडा नं ४ का अन्दाजी बर्ष ३२ का रमेश पाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । प्रहरी चौकी सेरा बैतडीको सहकार्यमा हत्या गरि फरार रहेका आरोपी पाललाई आइतबार बिहान करिब साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी चन्दको भनाई छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट त्यी ब्यक्तिले हत्या गरेको देखिएकाले आरोपीत ब्यक्तिलाई पक्राउ गरिएको छ, थप कुरा अनुसन्धानबाट खुल्छ, प्रहरी निरिक्षक चन्दले भन्नुभयो । लेकम गाउँपालिकाको वडा नम्बर ४ टकना बस्ने वर्ष ४८ का पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालको शनिबार राती हत्या भएको थियो । घर भन्दा करिब ५/ सय मिटर टाढा पालको शव फेला परेको थियो । प्रहरीको टोली घट्ना स्थलमा खटि अनुसन्धान गर्दा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । मृतक पालको टाउकोमा लठ्ठीले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको उहाँको भनाई छ । पक्राउ परेका आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइदैछ ।