स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन रकम दिदै वडा सदस्य

0
885

दार्चुला, मंसिर २९ गते ।
शैल्यशिखर नगरपालिका वडा नं ८ मा एक जना वडा सदस्यले स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम दिइरहेका छन् । वडा सदस्य तथा बोहरीगाउँ स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष केबश दत्त जोशीले ९ जना स्वास्थ्य स्वयं सेविकाहरुलाई आफ्नो तर्फबाट प्रोत्साहन रकम वितरण गरिरहेको बोहरीगाउँ स्वास्थ्य चौकी प्रमुख शिव दत्त जोशीले जानकारी दिनुभयो ।
बोहरीगाउँ स्वास्थ्य चौकीको कार्यक्षेत्र रहेको शैल्यशिखर नगरपालिकाको वडा नं ७ र ८ का नौ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन स्वरुप बार्षिक पाँच सयका दरले वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक बर्ष देखि वडा सदस्य केशब दत्त जोशीले ९ जना स्वयं सेविकाहरुलाई वितरण गर्दै आएको रकम आज स्वास्थय चौकीमा भएको एउटा कार्यक्रममा वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख जोशीले दिएका छन् ।