स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा पत्रकारहरुसंग अन्र्तक्रिया

671

बिरा दत्त भट्ट,
दार्चला, मंसिर २२ गते । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरु संग स्वास्थ्य सम्बन्धी अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामी प्रमुख अतिथि रहनुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा सञ्चार माध्ययमको नागरिक स्वास्थ्यमा प्रभाव लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव लगायतका विषयमा समेत छलफल गरिएको थियो । देशभर गरिएको लकडाउन तथा कोरोनाको त्रासले गत बैखाख र जेठ महिनामा स्वास्थ्य संस्थामा सेवा लिने नागरिकहरुमा कमि आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । साथै सुरच्छीत मातृत्व सेवा लिने महिलाको संख्यामा पनि कोरोना र लकडाउनले प्रभाव पारेको देखिएको छ । गत आर्थिक बर्षमा ८२ प्रतिशत गर्भवति महिला चेकजाँचका लागि स्वास्थ्य संस्थामा गएको तथ्याङ्क रहेकोमा ५४ प्रतिशत गर्भवती महिलाहरुले मात्रै मापदण्ड अनुसार गराउनु पर्ने चार महिना, आठ महिना र नौ महिनाको जाँच गराएको तथ्याङ्क छ । तथ्याङकले अझै पनि शत प्रतिशत गर्भवती महिलाहरु स्वास्थ्य सेवामा नियमित चेकजाँचका लागि जाने नदेखाएकोले यसमा अझै सुधारका लागि सबैको भुमिका रहने उहाँको भनाई छ । बालबालिकाहरु देशका भविश्य भएकाले उनिहरुको स्वास्थ्यले देशको भविश्य समेत प्रभाव पार्ने प्रमुख भट्टको भनाई छ । त्यसैगरि दार्चुलामा गर्भपतन गराउने किसोरीको संख्या समेत उच्च रहेको छ । गत आर्थिक बर्षमा २० बर्ष भन्दा मुनिका २८ जना विवाहित तथा अविवाहित किसोरीले गर्भपतन गराएको स्वाथ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ । त्यसैगरि दार्चुला जिल्ला भरि ३८ जना एचआइभीका विरामीहरुले नियमित औषधी खाइरहेको तथ्याङ्क छ । गत आर्थिक बर्षमा रगत परिक्षण गरिएका ब्यक्तिहरुमध्ये थप दुई जनामा एचआभी संक्रमण देखा परेको थियो । एचआईभी विभिन्न कारणले हुन सक्ने भएकाले आफुलाई शंका लागेमा निः शुल्क रुपमा रगत जाँच गराउन सकिने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले जानकारी दिनुभयो छ । एचआइभी संक्रमितहरुको एक लाख सम्मको निःशुल्क स्वास्थ्य विमा सरकारले गर्ने उहाँले बताउनुभयो । एचआइभी रगतको लेनदेन, संक्रमितको रगत शरिमा कुनै माध्ययममा गएमा वा अन्य माध्ययमबाट समेत हुने भएकाले संक्रमितहरु प्रतिको समुदायको दृष्टीकोण फेरिएमा मात्रै एचआईभी नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाई छ । त्यसैगरि गत आर्थिक बर्षमा १ जिल्ला भरिका स्वास्थ्य संस्थाहरुमा १ लाख ४१ हजार ५ सय ४१ जनाले सेवा लिएको तथ्याङ्क छ । ती मध्ये सबै भन्दा बढी टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीहरु छन् । टाउको दुख्ने विभिन्न कारण मध्ये तनाव पनि प्रमुका कारण रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । अर्काेतर्फ दार्चुलामा गत आर्थिक बर्षमा आत्महत्या गर्नेको संख्या २४ रहेको छ । एकातिर टाउने दुख्ने समस्याका विरामीहरु बढ्नु र अर्काेतिर आत्महत्या बढ्नु विच कुनै समबन्ध हुन सक्ने भएकाले प्रत्येकले तनाव रहित जिवनयापन गर्ने प्रयास गर्नुपर्ने उहाँको ठम्मयाई छ । त्यसैगरि गत आर्थिक बर्षमा भिरबाट लडेर उपचारका लागि अस्पतालमा पुग्ने विरामीहरुको संख्या ८ हजार ३१ रहेको तथ्याङ्क छ । भिरबाट लडेर समेत ग्रामीण क्षेत्रमा स्थानियहरुको ज्यान गइरहेकाले एक डोको घाँसको लोभमा अमुल्य जिवन गुमाउनु परिरहेको प्रमुख भट्टको भनाई छ । एक डोको घास भन्दा जिवन अमुल्य रहेकाले अप्ठ्यारो भिरमा घाँस काट्न् जानु भन्दा अघि जिवनको महत्व बुझ्न स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले सबैमा आग्रह गरेका छन् । अन्र्तक्रिया कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्ययमहरुमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !