स्थानीय निर्वाचन र हाम्रो कार्यभार

0
847

लक्ष्मी बि.क ।


मुलुक अहिले स्थानीय निर्वाचन केन्द्रित भएको छ । यसमा विभिन्न कोणबाट गाउँगाउँ गल्ली गल्ली चोकहरूमा बहस भई रहेको छ । कसले टिकट पाउने कसले नपाउने ? पार्टीहरु र आम जनसमुदाय चासोका चिया गफमा व्यस्त छन । यसै सन्दर्भमा एउटा प्रश्न उठ्छ तपाईं हामीलाई लाई कस्तो मेयर वा अध्यक्ष चाहिन्छ ? हुनका लागि यो निकै सजिलो प्रश्न हो ।

कसैलाई लाग्ला, चुनावहरू आउँछन्, जान्छन् । यस पटक के  पो फरक होला र ? खासमा यस्तै उत्तरले हामीलाई पटकपटक धोका दिएको छ । त्यसैले, प्रश्नहरू सरल हुँदैमा सबै कुरा ठीक, दुरुस्त हुँदैनन् । यस पटक कस्तो मेयर वा अध्यक्ष छान्ने ? यहाँ मेयर वा अध्यक्ष मात्र एक प्रतिनिधि पद हो । विगत हेर्दा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको नेतृत्वमा सञ्चालित  १० वर्षे जनयुद्ध तथा जनयुद्धको जगमा भएको जनआन्दोलनले नेपाली समाजको सामन्ती र पितृसत्ता सहितको एकात्मक  राजतन्त्र ब्यवस्था अन्त्य गरि जनताको अधिकार सहितको गणतन्त्र स्थापना भयो । यो ब्यवस्था स्थापनाका लागि महिला, दलित, उत्पीडित वर्ग र क्षेत्रका जनता नेतृत्व भएको इतिहास कसैले भुल्न हुदैन । अहिले अवस्था परिवर्तन भएको छ ।  उत्पीडित वर्ग क्षेत्र  लिगका समस्याहरु सम्बोधन संविधानको मौलिक अधिकार मार्फत कार्यान्वयन भई रहेका छन । अहिले हाम्रो कार्यभार विकास सँग जोडिएको छ । विकासका पनि तीनवटा पक्षसँग जोडिन्छन् । पहिलो, भौतिक विकास । दोस्रो, सुशासन र  गुणस्तरीय सेवा । तेस्रो, समाजिक न्याय । सामाजिक न्याय बिनाको विकासले विभेद घटाउन सक्दैन यथास्थितमा राख्छ  । यहाँ न्याय भनेको अदालती न्याय हैन । मुख्यतः यो विकासमा न्यायको कुरा हो । यो आर्थिक–सामाजिक लोकतन्त्रको कुरा हो । परम्परादेखि चलिआएका अन्यायपूर्ण खेलहरू बुझ्ने र तिनलाई बदल्ने चेतना न्यायसँग अविभाज्य जोडिन्छ । अन्यथा, न्यायिक चेतनाबिनाको विकास ठेकेदारी मात्र हो । जुन विगतका स्थानीय सरकारका कामकारवाहीले देखाउँछ
राज्यलाई जनताका घरदैलामा पु¥याउने प्राथमिक संरचना हो स्थानीय तह । मानौं, तपाईंको पालिका स्वयं एउटा देश हो । जसको आफ्नै भूगोल छ, खेत छ, बारी छ, पानी छ, वनजंगल छ र छन्, अनेकौं स्रोत साथमा छन् विभिन्न सम्पदा र संस्कृति । भाषा, धर्म र सभ्यता छ । मुख्य कुरा जनता छन् र यो सबैको  व्यवस्थापन गर्न पालिकासँग संवैधानिक अधिकार छ । त्यसको कार्यकारी प्रमुख हो स्थानीय सरकार प्रमुख । आज हामी सित महत्वपुर्ण कुरा अबको निर्वाचनमा  हिजो बुलेटबाट नआएको परिवर्तन अब वेलेटवाट ल्याउने । कसलाई भोट होल्ने ? यो आजको चर्चित प्रश्न हो । अहिले एकातिर स्थानीय सरकारलाई गैरदलीय गरौं भन्ने बहस भए पनि यस ब्यवस्था भित्र यो तत्काल संभव छैन । विचार गरौं, पालिकाहरूले आज भोगिरहेको राजनीतिक संकट के हो ? दलिय पुर्वाग्रह, भष्ट्राचार, दलिय खिचातानी, विगत पाच वर्षको अनुभवले यही देखाउँछ । यसका वावजुद पनि हामी फेरि एकपटक सोच्नै पर्छ । पालिकाहरूले आज स्थानीय तह राजनीतिक संकटको अवस्थाबाट गुज्री रहेका पाईन्छन । आज राजनीतिक उत्तरदायित्व प्रमुख समस्याको रुपमा रहेको छ ।  स्थानीय निर्वाचित प्रतिनिधि आफ्ना घोपणा गरिएका वाचाहरू, काम र परिणाम, पदप्रतिको उत्तरदायित्व कतिका छन यो पाच वर्षमा सवैले अनुभव गरेका छन ।  उत्तरदायित्व बिनाको राजनीति एउटा चुनावबाट अर्को चुनावसम्म घुमि रहने तमासा मात्र हो । अतः अबको चुनावले राजनीतिलाई तमासाबाट जिम्मेवारीमा फेर्नुपर्छ । त्यसैले कसलाई भोट हाल्ने ? यो गम्भीर प्रश्न हो । योग्यतम मान्छेलाई स्थानीय सरकारको  नेतृत्वमा पु¥याउन सवैको दायित्व हो ।
हाम्रो अहिले अवश्यकता भ्रष्टाचार घटाउनु हो शुशासन, समाजिक न्याय  तथा समावेशी विकास गरेर आम मान्छेको सार्वभौमिकता र मर्यादा उच्च बनाउनु हो । अर्थात्, हामीले इतिहासबाट पाएको वैचारिक जडता र सत्तामुखी चरित्र फेर्नु छ । नत्र भने उस्तै बेथिति, उस्तै गतिहीनता । यसरी नयाँ परिणाम कसरी आउँछ ? यसर्थ सीमित मान्छेको शासनाधिकार विरुद्ध स्थानीय जात जाति भाषा धर्म संकृतिहरु समेटेर समावेशी स्थानीय सरकारको पक्षमा आम जनतालाई  उभ्याउनु आजको आवश्यकता हो । स्थानीय विकासका हाम्रा पछिल्ला अनुभवहरू निश्चत रुपमा राम्रा छन भन्न सकिदैन र छैनन् पनि  । बिहान घरबाट निस्कँदा ठीकठाकै भएको बाटो साँझ घर फर्कंदा भत्किएको हुन्छ । त्यसपछि त्यो वर्षौं बन्दैन । सडकमा ठूलो भ्वाङ हुन्छ र समयमा पुरिँदैन । मान्छे नालामा खस्छ र मर्छ । कसैले जवाफ दिनुपर्दैन । पुलहरू उद्घाटन नहुँदै भत्किन्छन् । कसलाई गुनासो गर्ने ? न मेयर, न उपभोक्ता, न त ठेकेदार । स्थानीय सरकार प्रमुखको रुपमा रहेको  मेयर वा अध्यक्षले आफैंले यस्ता विषयमा चासो राख्ला तब धेरै कुरा फेरिन्छन् । हामीलाई  निवेदन हेर्ने, तोक हान्ने, ठालु पल्टने भन्दा पनि आम जनसमुदाय सित सहकार्य गर्ने, स्वयं आफ्नो वरिपरिको परिवेश वुझ्ने, देख्ने र काम गर्ने , जनताप्रति उत्तरदायी मेयर वा अध्यक्ष छान्ने र हुने अवसर छ ।
हिजो जनयुद्ध र जनआन्दोलनमा राज्यसत्ता र ब्यवस्था परिवर्तन लागि नेतृत्व लिई लडेका महिला, दलितहरु आम उत्पीडित समुदायहरुले त्यो इतिहास सम्झनु छ र स्थानीय चुनाव फेरि अर्को  लडाईमा होमिन आवश्यक छ । आज देशमा स्थापित गणतन्त्र संघीयता समोशी समानुपातिक ब्यवस्था जननी पार्टी माओवादीको नेतृत्वमा मात्रै  जनयुद्ध, जनआन्दोलन र सविधानले परिकल्पना गरेका सपना पूरा गर्न स्थानीय सरकार नेतृत्वका लागि तयारीका साथ लाग्नु हाम्रो पार्टीको मुख्य कार्यभार हो  जसले जनता जनताको अधिकार कार्यान्वयन गर्छ र हाम्रो मुल नारा समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकारू पूरा हुनेछ ।
(वि.क नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला ईन्चार्ज हुन् ।  )