स्थानीय चुनाव हारेपछि सचिव कार्कीले दिए राजीनामा 

583
फाइल फोटो

दार्चुला, जेठ ६ गते ।

 
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसले दार्चुलामा कुनै पनि प्रमुख वा अध्यक्ष पद हासिल गर्न नसकेपछि जिल्ला कार्यसमिति सचिवले राजीनामा दिएका छन् ।

सचिव पुलेन्द्र बहादुर कार्कीले विहीबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कार्की कांग्रेसबाट दुँहु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । यसपालि उनी नेकपा एमालेका नरेन्द्र सिंह बडालसँग पराजित भएका छन् । दार्चुला जिल्लाभरी नै प्रमुखमा काङ्ग्रेसले नेतृत्व गुमाएको हुँदा नैतिक रुपमा पार्टी सभापति समक्ष राजिनामा पेश गरेका छन् । पार्टीले अपेक्षित परिणाम पाउन नसकेको उनको भनाइ छ । यसैबीच नेकपा एमाले अपि हिमाल गाउँ कमिटि इन्चार्ज चन्द्र सिंह धामीले पनि राजिनामा दिनुभएको छ । गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध बाहेक एमालेका कुनैपनि उम्मेदवार विजयी नभएकाले नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन् । दार्चुलाका ९ स्थानीय तह मध्ये ५ मा नेकपा एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका छन् भने ४ स्थानीय तहमा गठबन्धनबाट माओवादी केन्द्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !