सौका समुदायको ठूलो पर्व गबला मनाइदै

0
2611

दार्चुला, माघ ७ गते ।
दार्चुलामा मात्रै बसोवास गर्ने सौका समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व “गबला पर्व” सोमबार मनाईदै छ । हरेक वर्ष पुष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ ।
सौका समुदायको पनि व्याँसी सौकाहरुले बढी उत्साहका साथ मनाउने गरेको व्याँस गाउँपालिका वडा नम्बर १ शोभा तिंकरीले जानकारी दिनुभयो ।
सौका समुदायमा गबला देवताको पूजाआजा गर्ने चलन छ । गबला पर्व मनाएपश्चात् मात्रै विबाह, ब्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको व्याँसकै अर्का स्थानीय सोनिका तिंकरीले बताउनुभयो । गबला पर्व मनाउनु पूर्व साइत जुराएर “धच्र्यु चुमो” गर्ने परम्परा रहेको छ । सौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ अर्थात् स्थापना गर्ने परम्परा रहेको छ ।