सोह्र सयमा पन्तनगर र अठार सयमा देहरादूनको हवाइयात्रा

2444

दार्चुला, माघ २ गते ।
भारतको पिथौरागढस्थित नैनीसैनी हवाइमैदानबाट विहिवार सुरु हुन लागेको हवाइसेवाको भाडा सार्वजनिक गरिएको छ । उत्तराखण्डको अस्थायी राजधानी देहरादून र तराई क्षेत्रको प्रमुख शहर पन्तनगरलाई जोड्ने हवाइसेवाले सीमाक्षेत्रका वासिन्दालाई सुविधा पुर्याउने भएको छ ।
दैनिक देहरादून–पिथौरागढ र पिथौरागढ–पन्तनगरको उडान हुनेछ । त्यसैगरी, पन्तनगर–पिथौरागढ र पिथौरागढ–देहरादून गरी उही रुटमा विमान फर्किनेछ । नीजिक्षेत्रको हवाइ कम्पनी हेरिटेज एभिएसनले सोमबार उडान तालिका र हवाइभाडा सार्वजनिक गरेको छ ।
देहरादून–पिथौरागढको हवाइभाडा १ हजार ७ सय ९४ भारतीय रुपैयाँ निर्धारण गरिएको छ । सबै प्रकारका कर र शुल्कसहित हवाइभाडा तोकिएको कम्पनीले जनाएको छ । पिथौरागढदेखि देहरादूनसम्मको हवाइभाडा पनि उत्तिकै रहेको छ ।
यसैगरी, पिथौरागढदेखि पन्तनगरसम्मको हवाइभाडा सबै कर र शुल्कसहित १ हजार ६ सय ३५ भारतीय रुपैयाँ रहेको छ । पन्तनगरबाट पिथौरागढसम्मको हवाइभाडा पनि बराबर रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !