सेनाको सहयोगमा नदी किनारमा जनचेतनामूलक होर्डिङ बोर्ड राखियो 

531

दार्चुला, बैशाख ९ गते । 
नेपाली सेनाको सहयोगमा ‘पवित्र महाकाली नदी स्वच्छता अभियान’ले महाकाली नदी किनार स्थित पुलघाटमा होर्डिङ बोर्ड राखेको छ ।

अभियानले महाकाली नदी स्वच्छताका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ । सेनाले अभियानमा ऐक्यवद्धता जनाउदै दार्चुला सदरमुकाम खलंगाको दुई ठाउँमा होर्डिङ बोर्ड राखेको छ । बसपार्क क्षेत्रमा केही दिन अघी राखिएको थियो भने शुक्रबार घाटबजारमा बोर्ड राखिएको छ । बोर्डमा नदीको सरसफाइका लागि जनचेतनामूलक सन्देशहरु लेखिएका छन् । दार्चुला टिंकर सडकको निर्माण गरिरहेको नेपाली सेनाको विकास निर्माण कार्यदल २ नम्बर गणले अभियानमा ऐक्यबद्धता जनाउँदै नदी स्वच्छ राख्न सन्देश लेखिएको होर्डिङबोर्ड राखेको  अभियानका संयोजक शंकर सिह धामीले जानकारी दिनुभयो । खलंगा बजारको नदी किनारका बस्ती तथा होटेल पसलहरुबाट नदीमा फोहोर फाल्ने क्रम बढेपछि त्यसको रोकथामका लागि पवित्र महाकाली नदी स्वच्छता अभियान सञ्चालन गरिएको छ । यस अभियानमा विभिन्न सरकारी निकाय तथा संघसंस्थाहरुले ऐक्यबद्धता जनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !