सुरक्षा पोष्ट राख्न माथिको आदेशको प्रतिक्षा

0
2455

दार्चुला, मंसिर १७ गते ।
दार्चुला सदरमुकाम खलंगामा ५ वर्षअघि नै सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म राखिएको छ । गुल्मको नाम पछिल्लो समय परिवर्तन गरी सशस्त्र प्रहरी वल ५० नम्बर गुल्म राखिएको छ । गुल्मको हेडक्वाटर खलंगामा मात्रै हालसम्म सशस्त्र प्रहरी सीमित रहेको छ ।
व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राख्नेबारे गुल्मको स्थापनाकालदेखि गृहकार्य हुँदैआएको गुल्मपति सशस्त्र डिएसपी भीमवहादुर चन्दले बताउनुभयो । भौगोलिक अवस्थितिको अध्ययन, विश्लेषण तथा प्राविधिक अध्ययन भइसकेको उहाँको भनाई छ ।
उपल्लो निकायबाट पोष्ट राख्ने आदेश आएपछि गुल्मबाट सुरक्षाकर्मीको टोली व्यासक्षेत्रमा खटाइने डिएसपी चन्दले बताउनुभयो । व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न भौतिक पूर्वाधार बनाउन आवश्यक भएको उहाँको भनाई छ र्। कुन ठाँउमा पोष्ट राख्नेबारे टुंगो लागेपछि जमिन र भवनलगायत भौतिक पूर्वाधारको व्यवस्थापन गर्नु आवश्यक हुन्छ’ सशस्त्र प्रहरीका गुल्मपति डिएसपी चन्दले भन्नुभयोर्, माथिल्लो स्तरबाट निर्णय भइआएमा त्यसको कार्यान्वयनमा हामी जान्छौ ।’ उहाँका अनुसार जिल्ला सुरक्षा समितिले व्यासक्षेत्रमा सुरक्षा पोष्ट राख्ने विषयलाई प्राथमिकताका साथ केन्द्रमा पठाएको छ ।