सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अन्तरक्रिया

2277

धनगढी, चैत्र ५ गते ।
कैलालीको अत्तरीयामा ‘सुदूरपश्चिम विश्वविद्यालय समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न गरिएको छ ।
विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तमबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रम दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाईका सभापति बिष्णुबहादुर कठायतको सभापतित्वमा आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल प्राध्यपाक संघका केन्द्रीय सदस्य माला भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो भने विश्वविद्यालयका आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरु, क्याम्पसका प्राध्यापक संघ इकाईका सभापतिहरुको उपस्थिति रहेको छ ।
विश्वविद्यालयले प्रभाव गर्ने शिक्षा लागि गुणस्तरीय कसरी बनाउने, शैक्षिक कार्यृक्रमहरुको प्रभावकारिता कसरी कायम गर्ने, क्याम्पसहरुको समायोजनको बाँकी प्रक्रियालाई कसरी पूरा गर्ने, विश्वविद्यालयमा देखिएका विविध समस्याहरुको समाधान कसरी गर्ने भन्ने वार कार्यक्रममा छलफल गरिएको दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिह साउदले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !