सुदुरपश्चिम प्रदेशका क्याम्पसहरुको हाजिरी जवाफ प्रतियोगितामा दार्चुला बहुमुखी क्याम्पस प्रथम

947

दार्चुला, कार्तिक २० गते ।
नेपालका सामुदायीक रेडिओहरुको छाता संगठन सामुदायिक सूचना नेटवर्क सिआइएनले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा दार्चुला बहुमूखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ ।
सिआइएनमा ५ वर्षदेखि प्रशारण हुदै आइरहेको हेलो सांसद कार्यक्रम अन्तरगत संसद, संसदीय अभ्यास र प्रक्रियाका विषयमा युवाको भूमिका र हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो । विहीबार सुदूरपश्चिम प्रदेशभरीका नौ ओटै जिल्लाका एक जिल्लाबाट एउटा क्याम्पसको सहभागितामा जुम मिटिङ मार्फत् प्रतियोगिता सञ्चालन गरिएको सिआईएनका सम्पादक गोबिन्द खड्काले बताउनु भयो ।
दार्चुला बहुमुखी क्याम्पसबाट नरबहादुर ठगुन्ना, नरेन्द्र प्रसाद जोशी र जानकी पालले सहभागिता जनाएको दार्चुला बहुमुखी क्याम्पस दार्चुलाका क्याम्पस प्रमुख कृष्ण सिह साउदले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाबाट नौ ओटा क्याम्पसको सहभागिता रहेको थियो । दार्चुलाबाट दार्चुला बहुमूखी क्याम्पस, बैतडीबाट पाटन बहुमूखी क्याम्पस, बझाङबाट जयपृथ्वी बहुमूखी क्याम्पस, डडेल्धुराबाट डडेल्धुरा बहुमूखी क्याम्पसको सहभागिता रहेको थियो । अछामबाट अछाम बहुमूखी क्याम्पस, डोटीबाट डोटी बहुमूखी क्याम्पस, बाजुराबाट बाजुरा क्याम्पस, कञ्चनपुरबाट सुदूरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस र कैलालीबाट कैलाली बहुमूखी क्याम्पसले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा अछाम बहुमूखी क्याम्पस र डोटी बहुमूखी क्याम्पसले द्वित्तिय तथा कैलाली बहुमूखी क्याम्पसले तृत्तीय स्थान हासिल गरेको छ । प्रथम हुनेलाई पाँच हजार, द्वित्तिय हुने क्याम्पसलाई तीन हजार र तृत्तीय हुने क्याम्पसलाई दुई हजार नगद पुरस्कार वितरण गरिने छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !