सीमा पुल खोल्न माग गर्दै जोलजिविमा प्रर्दशन

0
1163

बिरा दत्त भट्ट,
फागुन ११ गते, दार्चुला ।
मालिकार्जुन गाउँपालिका वडा नं ७ मा रहेको नेपाल भारत जोड्ने सीमा पुल खोल्न स्थानियहरुले प्रर्दशन गरेका छन् । भारतले आफ्नो पक्षबाट सीमानाका खुला गरेको भएपनि नेपाली पक्षले सीमा नखोल्दा समस्यामा परेको स्थानिय नागरिकहरुको भनाई छ ।

सोमबार संघर्ष समितिका अध्यक्ष हिरा चन्दको नेतृत्वमा ३० जना भन्दा महिलाहरु पुलमा जम्मा भएर प्रर्दशन गरेको मालिकार्जुन गाउँपालिका वडा नं ७ का वडाध्यक्ष लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो । किनबेच गर्न भारतीय बजार जोलजिविमा जाने तथा थुप्रै नागरिकहरु ब्यापार लगायत विविध पक्षले एक अर्कामा र्निभर रहेकाले पुल खोल्न माग गर्दै प्रर्दशन गरिएको उहाँको भनाई छ । कोरोना प्रभावका कारण गत बर्ष चैत्र १० गते देखि बन्द रहेको जोलजिविको सीमा पुल केहि पटक पेन्सनरहरुका लागि खुलेपनि नियमित रुपमा खुल्न सकेको छैन । नेपाल सरकारले कोरोना महामारीका काण बन्द गरेको दार्चुला सदरमुकाम खलंगा स्थित सीमानाका खोलेपनि अन्य सीमापुल खुला गरेको छैन । दार्चुलामा नेपाल भारत जोड्ने छ वटा नाका रहेका छन् । लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजिवि, दत्तु, महाकाली नगरपालिकाको खलंगा, ब्यास गाउँपालिकाको तिग्रम र सीतापुल गरि छ वटा नेपाल भारत जोड्ने सीमापुल रहेपनि हाल खलंगा सीमापुल बाहेक अन्य सीमापुलहरु बन्द रहेका छन् । सीमापुल बन्द हुदाँ विविधि पक्षमा समस्या भइरहेको भन्दै नागरिकहरुले नेपाल भारत जोड्ने सीमापुल खोल्न माग गरिरहेका छन् । सोमबार जोलजिविको पुलमै गएर प्रर्दशन गरेका स्थानियहरुले सीमा पुल १५ गते सम्म नखोलिए दार्चुला–गोकुलेश्वर सडकमा आएर आन्दोलन तथा चक्काजाम गर्ने चेतावनी दिएका छन् । सीमापुल बन्द हुदाँ औषधी उपचारमा जाने, पेन्सन बुझ्ने, भारतीय विद्यालयमा पढ्ने विद्यार्थीहरु बढी मर्कामा परेको स्थानियहरुको भनाई छ ।

भारतले एकतर्फी रुपमा खोल्छ सीमापुलको ढोका

दार्चुला सदरमुकाम स्थित सीमापुल नेपाली र भारतको दुबै पक्षबाट खुला गरिएको भएपनि भारतले अन्य पाँचवटा सीमापुलहरु आफ्नो तर्फबाट खोल्ने गरेको छ । नेपाल तर्फको पुलको गेट बन्द रहेको भएपनि भारतीय पक्षले विहान ७ बजे देखि साझँ ६ बजे सम्म आफ्नो तर्फको पुलको गेट खोल्ने गरेको मालिकार्जुन गाउँपालिका वडा नं ७ जोजजिविका वडाध्यक्ष लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो । भारतले आफुतर्फको पुलको ढोका खुला गरेको भएपनि नेपाल तर्फको पुलको ढोका नखुल्दा स्थानियहरुमा आक्रोस बढेको छ । भारतले हाम्रोे तर्फबाट सीमा खुलै छ, तपाईहरुको बाट नै बन्द हो भन्छ, वडाध्यक्ष धामीले भन्नुभयो ।
नेपाल सरकारले हाल दार्चुला सदरमुकाम खलंगा स्थित सीमानाका मात्रै खोल्न अनुमति दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शदर कुमार पोखरेलको भनाई छ । ‘सरकारले खलंगा स्थित सीमापुल खोल्न मात्रै अनुमती दिएको छ, अन्य चारवटा सीमापुल पनि खुला गर्न अनुरोध गरेको छु, प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो ।’ भारतले आफ्नो तर्फको ढोका खोलिरहेको छ, यसले नेपाली पक्षलाई पनि दबाद भइरहेको होला, अब कहिले सम्म सीमा खुल्छ त ? भन्ने हाम्रो प्रश्नमा प्रमुख जिल्ला अधिकारी पोखरेलले भारतले आफुतिरको पुलको ढोका खोलिरहेको भन्ने विषयमा सरकारलाई जानकारी गराएको बताउनुभयो । ‘भारतले आफुतर्फको ढोका खोलिरहेको छ, नेपाल तर्फका नागरिकको पनि सीमा पुल खोलिनुपर्ने माग छ भनेर माथि पत्राचार गरेको छु, उहाँले भन्नुभयो । ’
वितगमा भारतले खलंगा स्थित सीमापुल खोल्न नमान्दा नेपाली प्रशासनले पुल खोल्न पत्राचार गरेको उहाँको भनाई छ । हाल भारतको स्थानिय प्रशासनले नै सीमापुलहरु खोल्ने निर्णय गरेको भएकाले एकतर्फी सीमा खोलिरहेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ । नेपालको गृह मन्त्रालयले सीमापुलहरु बन्द गर्ने निर्णय गरेको भएकाले गृहबाट अनुमति आएमा दार्चुलाका अन्य अन्र्तरतष्ट्रिय सीमापुल पनि खोलिने उहाँको भनाई छ ।