सीमा पुल खुल्ने पुरानै समय कायम नहुदाँ समस्या 

0
581
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, फागनु १३ गते । 


दार्चुलाका भारत संग जाडिएका सीमानाका खुल्ने पुरानै समय कायम नहुदाँ सीमापार आवत जावत गर्नेहरु समस्या झेलिरहेका छन् । कोरोनाले सीमानाका बन्द हुनु भन्दा पहिला भारत सँग जोडिएका दार्चुलाका सीमापुल प्रत्येक विहान ७ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेका थिए । 

पछिल्लो समय व्यास गाउँपालिकाको तिग्रम सीमापुल बाहेक अन्य पाँचवटा सीमापुलहरु विहान ७ बजे खुल्ने र बेलुका ५ बजे बन्द भइरहेका छन् । भने तिग्रममा रहेको सीमापुल विहान १० बजे खुल्ला हुने र साँझ ५ बजे बन्द हुने गरेको छ ।
गत पुष महिनामा भारतको धार्चुला तलशिलले सीमापुलहरु खुल्ने समय पुरानै कायम गर्न भनि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको थियो । तर पिथौरागढ जिल्ला प्रशासनले फेब्रुअरी १४ तारेखमा भएको विधानसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन पछि पुरानै समयमा पुल खोल्ने भनेको थियो । 


पछिल्लो समय भएको नेपाल भारत भर्चुअल सीमा बैठमा पिथौरागढ जिल्ला अधिकारी डा. आसिस चौहानले विधानसभा चुनावपछि सीमापुल पुरानै समयमा खोल्ने सहमति जनाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययाले बताउनुभयो । 


हाम्रो तर्फबाट त धार्चुला प्रशासनले गरेको पत्र अनुसार पुरानै समयमा सीमापुल खोल्न सहमति दिइसकेका छौ, भारतीय पक्षबाटै यसको पहल भएको छैन, प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो । सीमापुल खुल्ने समय पुरानै कायम नगरिँदा नागरिकहरु समस्यामा परेका छन् । नेपाली नागरिकहरु दैनिक आवस्यक पर्ने खाद्यान्न सामग्री किन्न भारतीय बजार धार्चुला जाने गरेका छन् भने भारतीय नागरिकहरु कपडा लगायतका सामान किन्न नेपाली बजारमा आउने गरेका छन् । 


दार्चुला र भारत जोड्ने हाल छ वटा सीमापुल सञ्चालनमा रहेका छन् । दार्चुलामा ब्यास गाउँपालिकाको वडा नं १ सीतापुल, वडा नं ५ को तिग्रम, महाकाली नगरपालिका वडा नं ४ को खलंगा, वडा नं ९ को दत्तु, मालिकार्जुन गाउँपालिका वडा नं ७ को जोलजिविलेकम गाउँपालिका वडा नं ३ को लाली गरि महाकाली नदीमाथी नेपाल–भारत जोड्ने पाँचवटा सीमापुल सञ्चालनमा रहेका छन् । 

पुरानै समय कायम गर्न भारतीय व्यापारीहरुको माग

सीमापुल खुल्ने पुरानै समय कायम गर्न भारतीय व्यापारीहरुले समेत माग गरेका छन् । नेपाली नागरिकहरु भारतीय बजार धार्चुला, बालुवाकोटजोलजिवि किनमेलका लागि जाने गरेका छन् । साथै नेपालबाट मजदुरीका लागि भारत जाने र भारतबाट नेपालमा आउनेहरु पनि समस्यामा परेका छन् । काम गर्ने समय बिहान ८ बजे देखि बेलुका पाँच बजे सम्म हुने भएपनि पुरा समय कामगर्न समस्या भइरहेको भारतको धार्चुलामा मजदुरी गर्दै आएका स्थानिय नरसिह बोहराले बताउनुभयो । 


पुल छिटो बन्द हुदाँ आफुहरुको व्यापार प्रभावित भइरहेको भारतीय व्यापारीहरुको भनाई छ । सीमा पुल खुल्ने पुरानै समय कायम गर्न धार्चुला र जोलजिवि बजारका व्यापारीहरुले माग गरेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।