सीमावर्ती जिल्लाहरुमा लागु औषध न्युनीकरण गर्न चुनौती भएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई ।

2411

प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले अन्तराष्ट्रिय सीमा क्षेत्रहरुमा लागु औषध न्युनीकरण गर्न चुनौती रहेको बताउनु भएको छ । जिल्ला सदरमुकाम खलंगामा आयोजित लागु औषध ओसार पसार विरुद्ध दिवसीय कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले यस्तो बताउनु भएको हो ।
प्रमुख जिल्ला अधिकारी आर्चायले देशभरी लागु औषध विरुद्ध अभियान चलीरहेको भएपनि दार्चुला जिल्लामा भने दुई देशको सिमाना रहेकाले लागु औषध न्युनीकरण हुन नसकेको औल्याउनु भयो । अन्तराष्ट्रि सीमा क्षेत्रमा अवस्थित जिल्लाहरुमा लुकी छिपी लागु औषध ओसारपसार बढी हुने भएकाले न्युनीकरण गर्न निकै समस्या भएको बताउनु भयो ।
सीमावर्ती क्षेत्रमा लागु औषध नियन्त्रणको ठुलो प्रयास भएपनि छिमेकी देशमा गई लागुऔषध प्रयोग गरेर आउने भएकाले लागु औषध न्युनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनु भयो । अन्तरराष्ट्रि सीमा भएकाले नेपालमा लागु औषध नपाइए पनि भारतमा गई युवायुवतीहरुले प्रयोग गर्ने गरेका स्थानियहरुको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्ने अरु बक्ताहरुले पनि लागु औषधको न्युनिकरणमा सबै क्षेत्रको ध्यान जानु आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा सञ्चालन गरीएको लागु औषध ओसारपसार विरुद्ध दिवसको अवसरमा सञ्चालन गरिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका छन् ।
हरेक क्षेत्रमा लागु औषधका कारण महिला हिंसा, बालबालिका बेचविखन तथा ओसारपसार हुने , समाजमा कोलाहल हुने जस्ता बिकृतिहरु बढिरहेकाले यसको न्युनिकरण गर्नका लागि दार्चुला जिल्ला लगायत ७७ ओटै जिल्लामा यो दिवस मनाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख नबराज अधिकारीले जानकारी दिनु भयो । त्यसै गरि समाजमा हुने विभिन्न हिंसाहरुको न्युनिकरणका लागि प्रहरी प्रशासन र नेपाल सरकाले विशेष पलह चाल्नु आजको आवश्यक्ता रहेको महिला सञ्जालका जिल्ला अध्यक्ष हिरा देवि अवस्थीले धारणा व्यक्त गर्नुभयो ।
स्वास्थ्य सबल र समृदि नेपालको प्रतिबद्धता, लागु औषध अपराध विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ दार्चुलामा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि लागु औषध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो ।
मुख्यगरी बेरोजगारी युवाहरु यस्ता लागु औषध दुव्र्यसनीको मुख्य सिकार हुने गरेका छन् । यस्तै साथीहरुको संगतले, अभिभावकको सन्तानप्रतिको निगरानी न्युन हुदाँ पनि युवायुवतीहरु लागु औषधको लतमा फस्ने गरेका छन् ।
यस्तै यसअघि जिल्ला सदरमुकाम खलंगामा विभन्न लागु औषध सम्बन्धी विभिन्न गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरिएका थिए । यस्तै प्रहरीले जिल्लाका विभिन्न स्थानमा गई गाँजा खेती समेत नष्ट गरेको थियो । सोमबार मात्रै सात नम्बर प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा लगाु औषध सम्बन्धी सचेतना गोष्ठी सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !