सीतापुलबाट हाम फालेर एक जना महाकालीमा बेपत्ता

0
766
फाईल फोटोः सीतापुल

दार्चुला, जेठ २५ गते ।
ब्यास गाउँपालिका वडा नं १ छाङरुमा रहेको नेपाल भारत जोड्ने सीतापुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोहि वडाका बर्ष २०/२२ का आभुषण तिंकरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर बमंले जानकारी दिनुभयो । हाम फालेको जानकारी पछि सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म तथा छाङरुको प्रहरी टोलीले तिंकरीको खोजी गरिरहेको उहाँको भनाई छ । हाल सम्म युवकको अवस्था अज्ञात रहेको छ । तिंकरीले मंगलबार दिउसो पुलबाट नदीमा हाम फालेका थिए । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल कोरोना प्रभावले नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमा नाका बाहेकका सीमानाका बन्द रहेको भएपनि छाङरु स्थित सीतापुल नेपाली नागरिकहरुको अनुरोधमा खोल्ने गरिएको बताइएको छ । त्रिदेशीय सीमा क्षेत्रमा नेपाल तर्फ पुग्न दुर्गम भएकाले भारतीय बजारबाट खाद्यान्न लगायतका सामान आयात गर्न सीतापुलमा कडाइ नगरिएको बुझिएको छ ।