सिमानाका बन्दको ब्यापारः दार्चुला मालामाल, धार्चुला शुन्य

0
2523
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, असार १५ गते ।

कोरोना भाइरसको प्रभावले नेपालका सम्पुर्ण अन्र्तराष्ट्रिय सिमानाका गत चैत्र १० गते बन्द भएसंगै सिमावर्ती क्षेत्र नेपाल भारतको आवतजावत पनि पुर्ण रुपमा बन्द रहेको छ ।
भारतको पिथौरागढ जिल्लाको सिमावर्ती बजारहरु धार्चुला, जौलजिबी र बलुवाकोटको ब्यापार शुन्यमा झरेको ब्यापारीहरुले बताएका छन् । भारतका यि सिमावर्ती बजारहरुमा नेपाली ग्राहकहरुको भरोसामा भारतीय ब्यापारीहरुको ब्यापार चलेको थियो ।
सिमानाका बन्दले दार्चुलाका नेपाली ग्राहकहरु भारतमा जान नसक्दा धार्चुला बजारका ब्यापारीहरुको ब्यापार शुन्यमा झरेको छ ।
नेपाल संगको सिमानाका खुला भएका बेला दैनिक ३० हजारको ब्यापार गर्ने भएपनि सिमानाका बन्द हुदाँ दैनिक एक हजारको ब्यापार पनि नभइरहेको नेपाल रोडका ब्यापारी जुबेद अहमदको भनाई छ ।
नेपालीहरुलाई भारतको बजारमा कारोबार गर्दा प्रति एक हजारमा ४० रुपैया ठग्ने भारतका ब्यापारीहरु सिमानाका बन्दका कारण नेपाली नहुदा कारोबार शुन्यमा झरेको छ ।
भारतीय बजारहरुको कारोबार शुन्यमा झरीरहेको बेला नेपालको दार्चुला बजारमा राम्रो कारोबार भइरहेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाको भनाई छ ।

नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

भारत संगको सिमानाका बन्द भएपछि नेपाल पैसा नेपाली बजारमा नै चलिरहेकाले ग्राहकहरुलाई भारतको जस्तो प्रति एक हजारमा ४० रुपैया घाटा ब्याहोर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । भारत संगको कारोबार बन्द भएपनि नेपालमा भारतीय रुपैया चल्न छोडेको छ ।
भारत संग पुल खुला भएका बेला नेपालीहरु किनबेचका लागी भारतको धार्चुला बजारमै जाने भएकाले नेपालको दार्चुला बजारमा कारोबार न्युन हुने गरेको थियो । भारतबाट सामान ल्याउदा मंहगो हुने गरेको भएपनि अहिले नेपाली बजारमा साग सब्जी सस्तो भएको उपभोक्ताहरुको भनाई छ ।
पुल बन्द हुदा नेपाली खलंगा बजार मालामाल र भारतको धार्चुला बजारको कारोबार शुन्य हुने अवस्था रहेकाले नेपाल भारत जोड्ने पुल सधैका लागी बन्द गर्नुपर्ने खलंगाका ब्यापारी राजेन्द्र बडालको भनाई छ ।