सांसद र स्थानीय सरकार प्रमुख सम्मिलित सल्लाहकार समिति

2269

दार्चुला, पुष २४ गते ।
दार्चुला महोत्सव सञ्चालनका लागि दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद र स्थानीय सरकार प्रमुखहरु सम्मिलित सल्लाहकार समिति बनाइएको छ । मंगलवार दार्चुला उद्योग वाणिज्य संघको आयोजना भएको बैठकले १७ सदस्यीय सल्लाहकार समिति बनाएको हो ।
सल्लाहकार समितिमा प्रतिनिधिसभा सदस्यद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्रप्रसाद बडू रहेका छन् । यसैगरी, सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशी, प्रदेशसभा सदस्यहरु गेल्बुसिह बोहरा, मानवहादुर धामी र नन्दा बम पनि सल्लाहकार रहेका छन् ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीरसिह कार्की, उपप्रमुख कृष्णसिह धामी र दार्चुलाका नौवटै स्थानीय तहका सरकार प्रमुखहरुलाई सल्लाहकार चयन गरिएको दार्चुला उद्योग वाणिज्य संघ अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !