सशस्त्र द्धन्द्धमा दार्चुलाका २० जना वेपत्ता पारिएको भन्दै आयोगमा आफन्तहरुको उजुरी -सूची सहित

0
811

बिरा दत्त भट्ट
दार्चुला, मंसिर १९ गते । सशस्त्र द्धन्द्धमा बेपत्ता पारिएका ब्यक्तिहरुको छानविन गर्ने आयोगमा दार्चुलाबाट २० जना वेपत्ता पारिएको भन्दै उजुरी परेको छ ।
सशस्त्र द्धन्द्धका बेला बेपत्ता पारिएका ब्यक्तिहरुको विषयमा छानविन गर्ने बेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगमा दार्चुलाबाट २० जना वेपत्ता पारिएको भन्दै उजुरी परेको आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार जिल्ला सदरमुकाम खलंगामा आयोगको आयोजनामा गरिएको बेपत्ता पारिएका घटना संग सम्बन्धीत पीडित परिवारको पहिचान छानविन तथा परिचयपत्र वितरण सम्बन्धी सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ ।
बेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगमा दार्चुलाबाट हाल सम्म शैल्यशिखर नगरपालिकाका र मालिकार्जुन गाउँपालिकाका पाँच÷ पाँच जना, लेकम गाउँपालिकाका तीन जना, महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका दुई÷दुई जना तथा मार्मा गाउँपालिका, दुहु गाउँपालिका र ब्यास गाउँपालिका एक÷एक जना बेपत्ता रहेको भन्दै आयोगमा उजुरी परेको उहाँले जानकारी दिनुभयो ।
आयोगमा परेका उजुरीहरुका आधारमा आयोगले बेपत्ता परेका ब्यक्तिहरुको खोजी गर्नुका साथै बेपत्ता पारिएका ब्यक्तिको वास्तविक पहिचान गरि आयोगले पीडित परिवारलाई परिचयपत्र वितरण गर्नेछ ।
आयोगको मुख्य काम कर्तब्य बेपत्ता पारिएका ब्यक्तिबारे सत्य तथ्य पत्ता लगाउने, भएको क्षती तथा बेपत्ता पारिएका ब्यक्तिको घरपरिवारको अवस्था बुझ्ने छ । साथै बेपत्ता भएका ब्यक्ति कसले बेपत्ता गरेको हो सो विषयको समेत जाँच गरि दोषीलाई कारवाहीका लागि सरकारलाई सिफारीष गरिने आयोगका सदस्य सुनिल रञ्जन सिहले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकाहरुको सूची अन्तिम नभएकाले अझै थप घट हुन सक्ने र अन्तिम सूचीमाथि आयोगले सत्यतथ्य छानबीन अध्ययन गर्ने आयोगका अध्यक्ष युवराज सुबेदीको भनाई छ ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन आयोगले बेपत्ता पारिएका व्यक्तिहरुको निबेदनका लागि तीन पटक आह्वान गरेको बताउदै आयोगका अध्यक्ष सुबेदीले देशभरी २५ सय ६ ओटा उजुरी परेको बताउनु भयो ।
अहिलेसम्म राज्यले द्वन्द्व पीडितहरुका लागि गृह मन्त्रालयबाट १२ अर्ब २७ करोड राहत वितरण गरेको तथ्याङ्क रहेको छ ।
अझै कम भएको महशुस गरिएकाले द्वन्द्व पीडित तथा बेपत्ता पारिएकाहरु व्यक्तिका परिवारलाई राहत राज्यले उपलब्ध गराउनुपर्छ भन्ने पक्षमा आयोग रहेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले वास्तविक पीडितको पहिचान हुनुपर्ने बताएका छन् । वितगमा द्धन्द्ध पीडितका नाममा आएको राहत गैर पीडितले समेत पाएको अवस्था भएकाले आयोगले सुक्ष्म ढंगले छानविन गरि पीडितलाई न्याय दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले प्रशासन संग हाल सम्म दार्चुलामा पाँच जना बेपत्ता रहेको तथ्याङ्क मात्रै रहेको बताउनु भयो । जसमध्ये बेपत्ता पारिएका ब्यक्तिका तीन परिवारले राज्यबाट केहि राहत पाएको तथ्याङ्क छ ।
आयोगका सदस्य सुनिल रञ्जन सिहको अध्यक्षतामा महाकाली नगरपालिकाको सभाहलमा गरिएको अन्र्तक्रिया कार्यक्रममा आयोगका अध्यक्ष युवराज सुवेदी प्रमुख अतिथि रहनुभएको थियो भने सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, जिल्ला न्यायधीश लोकजङ शाह, जिल्ला समन्य समिति उप प्रमुख कृष्ण धामी, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, ब्यास गाउँपालिका उपाध्यक्ष हेमा भट्ट, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधी, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामी, द्धन्द्ध पीडीत लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

बेपत्ता पारिएका ब्यक्तिका आफन्तहरुले उजुरी दिएको आधारमा आयोगले तयार पारेको नामावली हेर्नुहोस ।