सवै कार्यकर्ता एकै ठाउँमा आउने अध्यक्ष खत्रीको दाबी

629

दार्चुला, फागुन १२ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सवै कार्यकर्ता एकै ठाउँमा आउने नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुह दार्चुलाका अध्यक्ष गणेश खत्रीले दाबी गरेका छन् । सांसद पुर्नस्थापनापछि दार्चुला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा प्रचण्ड माधव समुहका जिल्ला अध्यक्ष खत्रीले न्यायालयले जनताको पक्षमा निर्णय गरेकोले नेकपा विभाजन नभएकोले विभिन्न प्रलोभनमा अर्को समुहका गएका नेता कार्याकर्ता समेत आधिकारीक पार्टीमै फर्कने दावी गरेका छन् ।

आफुले नेतृत्व गरेको नेकपा पार्टी नै आधिकारीक भएकोले सवै नेता कार्याकर्ता पुनः पार्टीमा फर्काउने गरि छलफल भइरहेकोले सवै कार्याकर्ता एकजुट भएर अगाडी बढ्ने बताएका छन् ।
व्यक्तिगत हित र विभिन्न परिस्थीतीले केहि नेता कार्यकर्ता अर्को समुहमा लागेको भएपनी संसद पुर्नस्थापनाको निर्णयले सवै एकै ठाउँमा पुग्ने अध्यक्ष खत्रीले दावी गरेका छन् ।
नेकपा जिल्ला कमिटिका अधिकांस सदस्यहरु आफ्नो समुहमा रहेको समेत अध्यक्ष खत्रीले दाबी गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खत्रीले १ सय ३५ सदस्यीय जिल्ला कमिटि सदस्यहरुमध्ये बहुमत सदस्य आधिकारीक पार्टीमा रहेको दावी गरेका छन् । ८५ जना जिल्ला कमिटिले हस्ताक्षर नै गरेको र फागुन १७,१८ गते हुने जिल्ला भेलामा ९० जना जिल्ला कमिटि सदस्यको उपस्थिति गराउने उनेको भनाई रहेको छ ।
अर्को प्रसंग वोल्दै नेकपा प्रचण्ड माधव समुहका जिल्ला अध्यक्ष खत्रीले भने संघिय सांसद गणेश सिह ठगुन्नाले धेरै कार्याकर्तालाई लगाम लगाएकाले खुल्न नसकेको दावी गरेका छन् । नेता कार्याकर्ताहरुले फोन मार्फत माननिय सांसदका कारण खुल्न नसकेको गुनासो गर्ने गरेको उनको भनाई छ ।संसद पुर्नस्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहको जिल्ला कमिटि दार्चुलाले पत्रकार सम्मेलन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका जिल्ला अध्यक्ष गणेशसिह खत्रीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेकपा प्रचण्ड माधव समुहका सचिव गणेश कुमार जोशीले संचालन गनुभएको थियो ।

नेकपा जिल्ला कमिटि सचिव वडाललाई स्पष्टिकरण मागी कार्वाही गर्ने तयारी ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुह दार्चुलाले नेकपा जिल्ला कमिटि सचिव उदयसिह वडाललाई स्पष्टिकरण सोधी पार्टी विधान अनुसार कार्वाही गर्ने तयारी गरेको छ ।
राजनितिक रुपमा देशभरी दुई समुहमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला कमिटि सचिव उदयसिह बडाल ओली समुहमा खुलेपछि जिल्ला कमिटि दार्चुलाले स्पष्टीकरण सोधी पार्टी अनुशासनको कार्वाही गर्ने तयारी रहेको नेकपा प्रचण्ड माधव समुहका जिल्ला कमिटि अध्यक्ष गणेशसिह खत्रीले बताएका छन् । हाल सम्म पार्टीले कार्वाही नगरेको भएता पनि एक पटकको लागि स्पष्टीकरणको मौका दिने र त्यसपश्यात कार्वाही गर्ने अध्यक्ष खत्रीको भनाई छ । अध्यक्ष खत्रीका अनुसार विकल्पको रुपमा हाललाई नेकपा जिल्ला कमिटिको सचिवमा गणेश कुमार जोशीलाई चयन गरेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !