सवारी पासहरु वितरण नहुने

0
719

दार्चुला, साउन २९ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले विहिबारबाट लागु हुने गरि सवारी पास वितरण नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सवारी पास वितरण नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ ।
विहीबारदेखि लागु हुने गरी अर्को सूचना नहुदाँसम्म सवारी पास वितरण नगर्न जिल्ला प्रशासनलाई पत्र आएकोले हुदाँ सवारी पासहरु वितरण नहुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।