सरकार विरुद्ध दार्चुलामा पनि काङ्ग्रेसको शक्ति प्रर्दशन

0
1155

दार्चुला, मंसिर २९ गते ।
नेपाली कांग्रेसले सोमबार दार्चुलामा पनि सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचारमा गरिरहेको तथा तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि अवरोध गरेको लगायतका विषयमा नेपाली कांग्रेस सडकमा उत्रिएको नेपाली काग्रेस दार्चुलाले जनाएको छ । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागि परेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको नेपाली काङग्रेस दार्चुलाका सचिव हरक सिह विष्टले जानकारी दिनुभयो । पार्टी कार्यालयबाट निकालीएको र्याली बजारमा परिक्रमा गरि जिल्ला प्रसासन कार्यालय अगाडी धर्ना दिएर खुला मञ्चमा कोण सभा गरिएको सचिव विष्टले बताउनुभयो । खुला मञ्चमा गरिएको कोण सभामा नेपाली कांगे्रसका जिल्ला सभावति ललित सिंह बोहराको अध्यक्षतामा भएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी,सचिव हरक सिंह विष्ट,लेकम गाउँपालिकाका वडा नम्वर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, नेविसंघ सचिव हरी जोशी लगायत पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।