सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट,महाकाली करिडोरका लागि ४५ करोड बजेट विनियोजन

0
370

दार्चुला,जेष्ठ १५ गते
सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । सुदूरपश्चिमका चार जिल्ला जोड्न महकाली करिडोर दार्चुला टिंकर सडकको लागि सरकारले ४५ करोड बजेट विनियोजन गरेको छ । संसदमा अगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले महाकाली करिडोर दार्चुला टिंकर सडकको लागि ४५ करोड बजेट विनियोजन गरेको छ । कञ्चनपुरको ब्रह्मदेबदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकर जोड्ने आर्थिक, व्यापारीक, धार्मिक, पर्यटकीय तथा सामरिक महत्वको सडकको रुपमा यो सडकलाई लिने गरिएको छ ।