सम्पाल मावि सुन्सेराको भवन शिलान्यास

0
891
विद्यालय भवनको उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकी

दार्चुला, बैशाख ८ गते ।
ब्यास गाउँपालिका वडा नं ४ मा रहेको सम्पाल मावि सुन्सेराको भवनको शिलान्यास गरिएको छ । संघिय सरकारको विषेश अनुदानमा गाउँपालिकाले विद्यालय भवन निर्माण गर्न लागेको ब्यास गाउँपालिकाका कार्यालय साहयक दिपक सिह खातीले जानकारी दिनुभयो ।

ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले आज विद्यालय भवन निर्माणको शिलान्यास गरेका छन् ।  अध्यक्ष बुढाथोकीले विधिवत् रुपमा पुआ गरि विद्यालय भवनको शिलान्यास गरेको सम्पाल मावि सुन्सेराका शिक्षक पदम राज भट्टले जानकारी दिनुभयो । चार करोड लागतमा निर्माण हुन लागेको विद्यालय भवनको एलवि एण्ड एलवि विल्डर्स प्रा.ली संग निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दुई तलाको निर्माण हुने सुविधा सम्पन्न विद्यालय भवनमा १४ कोठा र ५ वटा शौचालय निर्माण हुनेछन् । विद्यालय भवन निर्माण पश्चात विद्यालयको भौतिक पुर्वाधारमा नयाँ प्रगति हासिल गर्ने विद्यालयका प्रधानाध्यापक बल्देब सिह धामीको भनाई छ । निर्माण हुन लागेको दुई तले १४ कोठाको विद्यालय भवनलाई चार तले बनाएर २८ कोठे बनाउनुपर्ने विद्यालयको प्रस्ताव प्रति गाउँपालिका अध्यक्ष बुढाथोकी सकरात्मक रहेका छन् । विद्यालयको उक्त प्रस्ताव स्विकार गरेकोमा गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीलाई विद्यालय परिवारका तर्फबाट प्रअ धामीले धन्यबाद ब्यक्त गर्ने निर्णय गरिएको शिक्षक भट्टले जानकारी दिनुभयो । उद्धघाटन कार्यक्रममा निर्माण कम्पनीका ठेकेदार लाल बहादुर बमंले समयमै काम सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गर्ने बाचा गरेका छन् ।