समाचार प्रभावः महाकालीमा नदीमा बनेको ढुङ्गे साँघुमा चौविसै घण्टा निगरानीका लागी सुरक्षाकर्मी परिचालन

1460

विरा दत्त भट्ट, दार्चुला ।

ब्यास गाउँपालिकाको वडा नं ४ क्षेत्रको महाकाली नदीमा बनेको ढुङ्गे साघुमा भारत बाट मानिसहरु आउने क्रम बढेपछि चौविसै घण्टा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
कालापानी न्युज डटकमले चैत्र २१ गते शुक्रबार ब्यास क्षेत्रमा महाकाली नदीमा ढुङ्गे साघुमा तरेर मानिसहरु भित्रीदै शिर्षकको समाचार प्रकाशित गरेको थियो । विना चेकजाचँ र कुनै निगरानी विना रातारात भारतबाट मानिसहरु भित्रीरहेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले शनिवारबाट चौविसै घण्टा नै तैनाथ रहने गरि ४ जना प्रहरीहरु तैनाथ गरेको छ । सुुन्सेरा प्रहरी चौकी र सुन्सेरा प्रहरी चौकीबाट गरि ४ जना सुरक्षाकर्मीहरु तैनाथ गरिएको प्रहरीले जनाएको छ ।
शनिवारबाट सो क्षेत्रको चौविसै घण्टा निगरानीका लागी सुरक्षाकर्मीहरु तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रबत्ता एबं प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
अबैध साघुँबाट सकेसम्म भारच बाट भित्रीन नदिने र भित्रीहाले तथ्याङ्क राखी क्वोन्टाइनमा राख्न लगाइने प्रहरी निरक्षक जोशीले बताउनुभयो ।
विना स्वास्थ्य चेकजाच र विना पिपिई कोरोना भाइरस प्रभावित मुलुक भारत बाट आउने मानिसहरुको निगरानीमा सुरक्षाकर्मीहरु खटाइनुले उनिहरुको स्वास्थ्य सुरक्षामा भने चुनौती बढेको मिडिया विकास समाज नेपालका अध्यक्ष पदम बडालको भनाई छ ।
पिपिई र स्वास्थ्य टोली नभएपनि सुरक्षाकर्मीहरुले सिमामा अबैध आवत जावत रोक्नका लागी जानुपर्ने परस्थिती बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
अहिले सम्म उक्त ढुङ्गे साघुमा तरेर २४ जना ब्यास गाउँपालिका क्षेत्र भित्रीएका छन् । सबैजनालाई ब्यास गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !